२०७८ पुष २१, बुधबार ०६:३६

जनकपुरधाम । केही दिन अगाडि सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबासमा भएको आन्दोलनको क्रममा गोली लागेर गम्भीर घाइते भएका स्थानीय संजय महतोको उपचारमा लाग्ने सम्पूर्ण खर्च स्थानीय समाजसेवी मनोज कुमार आचार्यले दिने भएका छन् ।

समाजसेवी आचार्यले महतोको स्नातक तहसम्मको पढाइको समेत जिम्मा लिएका छन् । प्रहरीको भ्यानले ठक्कर दिएर ईश्वरपुर नगरपालिकाका एक स्थानीय पुरुषको ज्यान गएको थियो । सोही घटनाको विषयलाई लिएर स्थानीयवासी तथा प्रहरी प्रशासन बीच झडप हुँदा झडपको क्रममा प्रहरीले चलाएको गोली लागि महतो गम्भीर घाइते भएका थिए । हाल महतोको काठमाडौंमा उपचार जारी रहेको छ ।

Comment


Related News