२०७८ पुष २१, बुधबार ०६:५०

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङगदेलले गणतन्त्र पक्षधर राजनीतिक दलहरुले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।

मुलुकमा गणतन्त्र आएको १५ वर्ष भईसक्दा पनि राजनीतिक पार्टीले जनअपेक्षा अनुसार एउटा पनि काम नगरेको र विकासको नाउंमा लुटतन्त्र मच्चाएको भन्दै उनले दलहरुको चर्को आलोचना गरे । मंगलबार जनकपुरधाममा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा आमसभामा उनले भने,‘ गणतन्त्र आएको १५ वर्ष भईसकेको छ, युवाहरुलाई रोजगारी सृजना हुने एउटा पनि काम यी दलहरुले गर्न सकेनन् । यिनीहरुले देशलाई वेरोजगार युवाहरु उत्पादन गर्ने कारखानामा परिणत गरिदिएका छन् ।’ राजनीतिक दलहरुकै असक्षमताका कारण नेपालका ५५ लाख युवा वैदेशिक रोजगारमा देश बाहिर रहेको भन्दै उनले भने,‘ हामी स्वाभिमानी नेपाली वेरोजगार भएर अरेबियनहरुको नोकर बन्न बाध्य छौं। कुनै बेला स्वतन्त्र देश रहेको सिक्किमको राजसंस्था दलहरुले हटाएको र पछि सिक्किम भारतमा बिलय भएको जिकिर गर्दै नेपाल पनि भारतमा गाभिने खतरा रहेको उनको धारणा थियो । राप्रपाका प्रदेश २ अध्यक्ष भरत गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राजसंस्था तराई, पहाड र हिमाल जोड्ने माध्यम रहेको बताए ।

दुइ ठूला छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्न राजसंस्था आवश्यक रहेको डा.लोहनीको कथन थियो ।

Comment


Related News

Latest News

Trending News