२०७८ पुष २२, बिहीबार १०:५७

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध उजुरी परेको हो । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले विधान विपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै पद खारेजीको माग गर्दै उजुरी दिनु भएको हो  ।

कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले केन्द्रीय सदस्य बन्न नपाउने यादवको  दाबी छ । यादवले चौधरीको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन पनि माग गर्नु भएको छ ।

विनोद चौधरी मधेशी खुला कोटाबाट केन्द्रीय सदस्य निर्वाचित  हुनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News