जनकपुरधाम । नेपाल सरकारले खरिद गरेको दुई वटा रेल लामो समयदेखि धनुषाको इनरुवा स्टेशनमा थन्काएर राखिए पछि टिकटक बनाउने थलोको रुपमा परिणत भएको छ ।
रेल नेपालको लागि नयां सवारीसाधन भएकोले टिकटक प्रेमीहरु रेलका ईन्जिन राखिएको ठाउं टिकटक बनाउनेहरुको लागि आकर्षणको केन्द्र बनेको छ । स्थानीय युवायुवती मात्र होईन नेपालका विभिन्न जिल्ला पर्सा, बारा, सिन्धुली, रामेछाप, काठमाण्डु लगायतबाट युवायुवतीहरु टिकटक बनाउन कै लागि ईनरवा आउने गरेको रेल्वको सुरक्षामा खटेका सशस्त्र प्रहरीका जवानहरुले बताए । रेलको सुरक्षामा खटेका एक सशस्त्र प्रहरी जवानले भने,‘ यहाँ दैनिक दर्जनौ युवायुवती टिकटक बनाउने आउने गरेका छन् ।’ रेल इन्जिनको अगाडि टिकटक बनाईरहेका महोत्तरीका बगडाका मनिषा यादवले भनिन्, हाम्रो रेल कहिलेदेखि संचालन हुने हो ठेगान छैन । तर हाम्रो चाहना चांडो भन्दा चांडो सञ्चालन होस्, हामी आप्mनो देशको रेलमा चढ्न पाउन भन्ने हाम्रो ठूलो ईच्छा छ ।’ रेललाई ब्याकग्राउण्डमा राखेर टिकटक बनाउदाँ धेरै लाईक मिल्ने गरेको उनले बताईन् । रेल्वे इन्जिनको मात्रै नभई रेल्वे स्टेशन, रेल्वे लिकमा पनि युवायुवतीले टिकटक बनाउने गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=1s


