२०७८ पुष २३, शुक्रबार ०५:४१

लहान । सिराहाको लहानमा सामाजिक विकास मन्त्रालय तथा अन्य दातृ निकायहरुको सहयोगमा निर्मित पतञ्जली आयुर्वेद भवनको उद्घाटन गरिएको छ ।

विहीबार एक समारोह बीच प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले आयुर्वेद भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मन्त्री साहले वर्तमान अवस्थामा आयुर्वेद प्रति विश्वकै ध्यानाकर्षण भइरहेकोले लहानमा भएको यस भवनको उद्घाटनले यस क्षेत्रका जनताहरुको लागि महत्वपूर्ण कार्यको थालनी भएको बताए । उनले यस किसिमका भवनले जनतालाई स्वस्थ्य र निरोगी बन्न मद्दत पुग्ने भएकोले हरेक स्थानीय तहमा कम्तीमा एउटा योग भवन हुनु पर्ने आवश्यकतामा जोड दिए । योग गरौं निरोग रहौं नारा विश्वभरिमै घन्किरहेकोले आयुर्वेद भवनको उद्घाटन गर्दा अत्यन्त हर्षको अनुभूति भएको मन्त्री साहको कथन थियो । समारोहमा प्रदेश सभा सदस्य लगनलाल चौधरी,अशोक कुमार यादव, सिराहा जिल्ला प्रशासन कार्यालयका प्रमुख , जिल्ला प्रहरी प्रमुख, लहान नगरपालिका प्रमुख मुनिलाल साह सहितको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News