२०७८ पुष २३, शुक्रबार ०६:१४

राजविराज । जिल्लाको दुई स्थानीय तहका चिसो पीडित डोम तथा मुसहर समुदायलाई कम्बल वितरण गरिएको छ ।

धर्मीहल्फा महिला विकास क्लबले विहीबार एक कार्यक्रमको आयोजना गरी रुपनी गाउंपालिका—६को मिलन चोकका मुसहर समुदायका ११ परिवार र अग्निसाईर कृष्णासवरन गाउंपालिका–२ सीतापुरका ३ डोम परिवारलाई चिसोबाट जोगिन कम्बल वितरण गरेको हो । क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्यनारायण यादवले रुपनी गाउंपालिकाका रेशमी देवी सदा,अनारदेवी सदा, चन्देश्वर सदा, बुधेश्वर सदा, देव कुमार सदा, मुनेश्वर सदा, सुरज सदा, सत्यनारायण सदा, कुमारी देवी सदा, मनोज सदा, सुखीलाल सदा र अग्निसाईर कृष्णासवरन गापाका महेन्द्र मरिक, सितारा मरिक र सुरेन्द्र मरिकलाई १ थानको दरले १४ वटा कम्बल प्रदान गरेका छन् ।

वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामांग, स्थानीय नेताहरु कुमारमान श्रेष्ठ, पृथ्वीराज दास, नेपाल तामाङ घेदुंग, सप्तरीका सचिव सुर्यमान तामाङ, रुपनी गाउंपालिका अध्यक्ष लाल बहादुर तामाङ, जसपा जिल्ला सदस्य कुशेश्वर प्रसाद चौधरी, अग्निसाईर कृष्णासवरन गाउंपालिका–२ का सचिव कुशेश्वर प्रसाद यादव,आदिवासी जनजाती महासंघ अग्निसाईर कृष्णासवरन गापा–२ का अध्यक्ष भवानी चौधरी लगायतका स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News