२०७८ पुष २३, शुक्रबार १३:३७

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । यही पुस २५ गते बस्ने भनिएको बैठक माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले कार्यालयका कर्मचारीहरु र केही केन्द्रीय सदस्यहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएकाले बैठक स्थगित गरिएको जानकारी दिए । ‘कार्यालयका पाँच जना साथीहरु संक्रमित हुनुभयो, केही केन्द्रीय सदस्यहरुलाई पनि देखियो रे, त्यही भएर माघ ८ गतेसम्मका लागि बैठक स्थगित गरियो,’ ढकालले भने ।

आगामी केन्द्रीय समिति बैठकबाट अपुरो केन्द्रीय समितिलाई पनि पूर्णता दिने माओवादीले जनाएको छ

Comment


Related News

Latest News

Trending News