२०७८ पुष २४, शनिबार ०६:२४
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–३१ वडा कार्यालयले शुक्रबार ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
शुक्रबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच वार्डभरिका ७० बर्ष उमेर पूरा भएका २ सय ३९ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा अध्यक्ष चुमन प्रसाद चौधरीले जानकारी दिए । सम्मान स्वरुप वडा कार्यालयले प्रत्येक ज्येष्ठ नागरिकलाई कम्बल ,झुल ,टर्च र छाता वितरण गरिएको छ । वडा कार्यालयको बिशेष पहलमा नगर स्तरीय बजेटबाट ज्येष्ठ नागरिकहरुलाई सम्मान सामग्री वितरण गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।


