जनकपुरधाम । विगत १२ दिनदेखि किसानहरुको माग अघि सार्दे आन्दोलनरत सीके राउत नेतृत्वको जनमत पार्टीलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले समर्थन गर्ने जनाएका छन् ।
लोसपाका वरिष्ठ नेता महतोले शनिवार एक प्रेस विज्ञप्ति जारी गरी किसानहरुको मागमा सरकारले उदासीनता देखाएको भन्दै किसानको माग तत्काल पूरा गर्न माग गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘विगत दुई सातादेखि मलखाद, बीउविजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भत्र्सना गर्दछु । किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको छ ।’
महतोको शनिवारको प्रेस विज्ञप्तिलाई चासोका साथ लिइएको छ । महतोले विगत १२ दिनदेखि केही नबोल्ने तर, १२ औं दिनमा आफै किसानहरु संग नउभिएर विज्ञप्ति जारी गरी किसानहरुको सहानुभूति प्राप्त गर्नका लागि मात्रै रहेको आरोपसमेत लगाइएको छ । डा. राउत र महतोको बीचमा पहिला देखिनै साँठगाँठ रहेको जो आज त्यो स्पष्ट भएको जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य नवीन यादव बताउँछन् । वरिष्ठ नेता महतो लोसपामा नै कमजोर देखिएका छन् र आगामी निर्वाचनलाई मध्यनजर गर्दै उनले सीके राउतलाई समर्थन जनाएको यादवको आरोप छ । गत बर्ष उखु किसानहरु काठमाण्डुमा आन्दोलन हुँदा समेत महतोले एक शव्द बोलेका थिएन् । हुनत उनकै पार्टीका नेता राकेश मिश्रले त्यो आन्दोलनको नेतृत्व गरे पनि नत त्यस आन्दोलनको समर्थनमा सीके राउतनै बोलेका थिए नत महतोलेनै तर, राउत नेतृत्वको आन्दोलनमा महतोको समर्थन राउतको समर्थन आगामी निर्वाचनमा लिनका लागि भएको नेता यादव बताउँछन् ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=39s


