अपडेट 
२०७८ पुष २५, आईतवार ०७:४३

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शिक्षाको विकास नभए सम्म कुनै पनि मुलुकको विकास हुन नसक्ने भएकोले प्रदेश २ सरकारले शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याएको बताए ।

कक्षाकोठाको अभावमा समस्या भोग्दै आएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका बनरझुलाको राजाजी आधारभुत विद्यालयमा शनिबार दुई कोठे भवनको शिलान्यास गर्दै उनले भने,‘ नेपालको शिक्षा क्षेत्रलाई उकास्न आफ्नो पार्टीले कुनै कसर बाँकी राख्दैन् ।” मुलुकको समग्र विकासको लागि शिक्षा क्षेत्रको विकास अति अपरिहार्य हुने गरेकोले जसपा नेतृत्वको प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि शिक्षा क्षेत्रको लागि महत्वपूर्ण कदम चालिने प्रतिबद्धता उनले व्यक्त गरे । उनले प्रदेश सरकारले शिक्षालाई प्रोत्साहन सहित ल्याएको कार्यक्रम सफल पार्न विद्यार्थी, शिक्षक, अभिभावक र नागरिक समाज लगायतका सबै पक्षले सहयोग गर्नु पर्ने अहिलेको आवश्यकतामा जोड दिए । शिलान्यास समारोहमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य विकास तिवारी, भिमराज यादव, अमरनाथ मण्डल, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश प्रसाद साह लगायतले आ आफ् नो धारणा राखेका थिए । वक्ताहरुले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय सम्म ल्याउन प्रदेश सरकारले थालेको कदमको प्रशंसा गर्दै यसका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण हुने उक्त भवन निर्माण सम्पन्न भएपछि विद्यालयलाई भवनको अभाव समाप्त हुने र विद्यार्थीको पठन–पाठन पनि सहज हुने विश्वास गरिएको छ । भवन ५० लाखको लागतमा निर्माण हुने भएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News