२०७८ पुष २६, सोमबार ०७:१२

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले जनसंख्याको आधारमा बजेट बिनियोजन हुनु पर्ने बताएका छन् ।

सप्तरीको छिन्नामस्ता गाउँपालिका स्थित मोहनपुरमा आइतवार स्थानीय जनतासंग भेटघाट गर्नेक्रमा उनले यस्तो बताएका हुन् । स्थानीय भुलेश्वर यादवको अध्यक्षतामा आयोजित भेटघाट तथा जनजागरण कार्यक्रममा बोल्दै यादवले बजेट बाँडफाँडमा भेदभाव गरेको कारण मधेशको विकास तीव्र गतिले अगाडि नबढेको बताए । मुलुकको कूल जनसंख्याको ५१ प्रतिशत जनता तराई मधेशमा छ्न, अध्यक्ष यादवले भने, बजेट भने १८ प्रतिशत मात्र विनियोजन हुन्छ, जनताको आवश्यक्ता अनुसार बजेट नहँुदा विकासले गति लिन सकेन । मधेशमा विकासको गतिलाई तीव्रता दिन जनसंख्याको आधारमा वजेट विनियोजन गर्नु पर्ने उनको भनाई थियो । सप्तरीमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, नर्सिङ कलेज, ईन्जिनियरिंग कलेज, रुपनी–राजविराज फोरलेनको सडक लगायतको राष्ट्रिय गौरवको विकासमूलक योजनाहरुको कार्य अगाडि बढिसकेको चर्चा गर्दै अध्यक्ष यादवले विकासको लहर सप्तरीमा शुरु भइसकेकोले यसलाई पूर्णता दिन सबैको सहयोग आवश्यक रहेको बताए । संघीयता, लोकतन्त्र र गणतन्त्रेमा रहे मात्र विकास र अधिकार प्राप्त हुने उल्लेख गर्दै यादवले उत्पीडित जाती समुदायलाई अधिकार सम्पन्न र गाउँको विकासका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु पर्नेमा जोड दिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारले संघीयता समाप्त पार्ने चलखेल गरेको आरोप लगाउँदै यादवले जसपाले कानूनी लडाईबाट संघीय लोकतान्त्रिक गणतन्त्र रक्षा गर्न सफल भएको बताए । अध्यक्ष यादवले विकासको दृष्टिकोणले पछाडि परेको मोहनपुर र रम्पुराको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष यादवले हावापानीले धानबालीमा क्षति पु¥याएका किसानहरूका लागि राहतका लागि साढे पाँच अर्व बजेट व्यवस्था गरिएको बताए । उनले हावापानी पीडित किसानका लागि व्यवस्था गरिएको बजेट कार्यान्वयनका लागि कार्य विधि बनिसकेकाले चाँडै वितरण शुरु गरिने बताए ।

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले देशमा रहेको शोषित ,पीडित र उत्पीडनमा समुदायको हक अधिकारका सुनिश्चितताका लागि जनता समाजवादी पार्टी संघर्षरत रहेको बताए । प्रदेश नम्बर २ सरकारका प्रवक्ता एवम अर्थ मन्त्री शैलेन्द्र साहले मोहनपुर र रम्पुराबासीले खेप्दै आएको बाटो तथा पुलको समस्या सामाधानका लागि संघीय सरकार संग समन्वय गरी अविलम्ब काम शुरु गर्ने बताए । उनले घोरदर खोलामा पुल र मोहनपुर ,रम्पुराको सडक निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यपस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री साहले पुल निर्माण र सडकका लागि प्रदेश सरकारले पहिले पनि लाखौं बजेटको व्यवस्था गरेको बताउदै काम हुन नसकेकोमा दुख व्यक्त गरे । कार्यक्रममा स्थानीयवासी समेत रहेका जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, राम नारायण यादव लगायतकाले स्थानीय समस्याहरु राखेका थिए । स्थानीय गोपाल झाद्वारा संचालित कार्यक्रममा स्वागत वडा सदस्य लालदेव यादवले गरे । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विनोद चौधरी, उमेश कुमार यादव, अमरनाथ मण्डल, भिमराज यादव, राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादव, मधेश प्रदेश समिति प्रदेश २ का सदस्य सत्यनारायण यादव, किशोर कुमार यादव, केसि, जिल्ला उप सचिब शम्भु कुमार यादव, कोषाध्यक्ष बृजमान तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News