२०७८ पुष २६, सोमबार ०८:०६

राजविराज । हनुमानगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले जनमत पार्टीद्वारा आफू र आफनो पार्टीलाई किसान विरोधी भनी लगाइएको आरोपको खण्डन गरेका छन् ।

आईतबार पत्रकार सम्मेलनको आयोजना गरी उनले उक्त आरोपको खण्डन गरेका हुन् । गत पुस १० गते शनिबारका दिन जनमत पार्टीले हनुमानगर कंकालिनी नगरपालिका –११मा रहेको सामुदायिक भवनमा किसानको मुद्दालाई लिएर कोण सभाको आयोजना गरेको थियो । सभामा वडा अध्यक्ष मोही यादवलाई लक्षित गरी जनमत पार्टीका नेता कार्यकर्ताहरु गाली गलौजमा उत्रे पछि वडा अध्यक्ष पक्षधरले प्रतिवाद गर्दा कार्यक्रम बिथोलिएको नगर प्रमुख साहको कथन छ । घटनाको विरोधमा जनमत पार्टीले २ दिन अघि एक प्रेस विज्ञप्ति मार्फत किसानहरुको पक्षमा भईरहेको सभालाई वडा अध्यक्षले भांड्ने काम गरेको. र त्यसमा नगर प्रमुख साहको पनि भूमिका रहेको आरोप लगाएको थियो । विज्ञप्ति मार्फत जनमत पार्टीले नगर प्रमुख साह कै निर्देशनमा आप्mना आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी झुठा मुदा चलाएको आरोप समेत लगाएको थियो । आरोपको खण्डन गर्दै नगर प्रमुख साहले आफू र आफनो पार्टी किसानको हितका लागि लड्दै आएको दाबीका साथ जनमत पार्टीद्वारा लगाइएको सो आरोपमा कुनै सत्यता नभएको दाबी सम्मेलन मार्फत गरेका छन् । जनमत पार्टीका कार्यकर्तालाई प्रहरी लगाएर आपूmले पक्राउ गराएको भन्ने आरोप समेत अस्वीकार गर्दै उनले भने“प्रहरीले अनुसन्धानका लागि कसैलाई पक्राउ गर्छ भने त्यसमा मलाई जोड्नुको कुनै औचित्य छैन ।” उनले किसानको समस्याबारे आफू जानकार रहेको बताउंदै यसका लागि नगरपालिकाको श्रोत साधनले भ्याए सम्म सहयोग गरिरहेको दाबी समेत गरे ।

Comment


Related News

Latest News

Trending News