२०७८ पुष २६, सोमबार ०८:११

राजविराज । किसानहरुको समस्या समाधानको माग गर्दै जनमत पार्टीले सप्तरी जिल्लाको स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ ।

आईतबार पार्टीले राजविराज नगरपालिकामा किसानहरुले भोग्नुृ परिरहेको समस्या समाधानका लागि पहल गर्न ११ बुंदे ज्ञापन पत्र बुझाएको हो । जनमत पार्टीका नगर अध्यक्ष सुजित कुमार मण्डलको अग्रसरतामा नपाका उप–प्रमुख साधना झालाई बुझाइएको ज्ञापन पत्रमा किसानका लागि समय मै मलखाद, बीऊ विजनको व्यवस्था गर्नु पर्ने , हावाहुरी र वेमौसमी वर्षाले अन्नबालीमा पु¥याएको क्षति विवरण संकलन गरी अबिलम्ब क्षतिपूर्तिको व्यवस्थ गर्नु पर्ने, किसानहरुलाई परिचय पत्रको व्यवस्था सहितको माग गरिएको छ । यस्तै झुठा मुद्दा लगाइ पक्राउ गरिएका किसानलाई अविलम्ब रिहाइ, उंखु किसानको भुक्तानी र सिंचाईको अभाव लगायतको समस्या समाधान गर्नु पर्ने माग समेत ज्ञापनपत्रमा गरिएको छ । किसानको लागि निःशुल्क विद्युतको व्यवस्थाका लागि पहल गर्नु पर्ने माग पनि अघि सारिएको छ । यता ज्ञापन पत्र बुझ्दै उप–प्रमुख झाले नगरपालिकाबाट सम्भव भएका सेवा सुविधा उपलब्ध गराउने र सो बाहेक कामका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

Comment


Related News

Latest News

Trending News