सालको काठ लोड गरिएको टाटा पिकअप गाडीसहित दुई जनालाई सब डिभिजन वन कार्यालय लालगढको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका १४ बस्ने कमल विश्वकर्मा र सोही गाडीमा सवार मिथिला नगरपालिका ११ तुसलीका जीवनराना मगर छन् । विश्वकर्मा गाडी चालक हुन् भने मगर गाडीमा सवार थिए ।
आइतबार राति ९ बजे मिथिला नगरपालिका १० बाट बा ९ च ४९२८ नम्बरको टाटा पिकअप गाडीमा काठ तस्करी गरिरहेका बेला उनी दुबैजना पक्राउ परेका हुन् । उनीहरुले गाडीमा नौ थान सालको करी लोड गरिएको अवस्थामा पिकअप गाडीसहित पक्राउ परेको बताइएको छ ।
काठसहित गाडी वन कार्यालय लालगढमा राखिएको छ भने पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको सब डिभिजन वन कार्यालय लालगढका वन अधिकृत मदन चौधरीले जानकारी दिए ।


