२०७८ पुष २७, मंगलवार ०७:२०

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२४ बभनगामाका वैदेशिक रोजगारीमा गएका १० वटा अति विपन्न परिवार सहितकालाई चिसोबाट जोगिन कम्बल वितरण गरिएको छ ।

बभनगामा युवा क्लबका अध्यक्ष एवं रिटर्नी स्वयंम सेवक बसन्त कुमार लाल कर्णको अगुवाइमा वैदेशिक रोजगारी गएर समस्यामा परेका १० परिवारलाई कम्बल वितरण गरिएको हो । भने अन्य विपन्न तथा गरिब १० परिवारलाई कम्बल वितरण गरिएको हो । रुपैठा देवपूराकी समाजसेवी रुना झाको सहयोगमा सो कम्बल वितरण गरिएको जनाइएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी कम्बल रुना झाले कम्बल प्रदान गरेकी थिइन् । कार्यक्रममा स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News