कलैया । बाराको जीतपुर सिमरा उप–महानगरपालिकामा मा रहेको खोलाहरुको अनुगमन गरिएको छ ।
जिल्ला समन्य समिति बारा र जिल्ला प्रशासन कार्यालय बाराले संयुक्त रुपमा सोमबार खोलाहरुको अनुगमन गरेको हो । नदी उत्खनन र दोहन भएको चौतर्फी गुनासो आएपछि अनुगमन गरिएको जनाईएको छ । अनुगमन टोलीले यस क्षेत्रमा संञ्चालनमा रहेका ४ वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रहरुबाट आवश्यक कागजपत्र समेत नियन्त्रणमा लिएको छ । अनुगमन टोलीका प्रमुख नवलकिशोर सिँहले उद्योगहरु सामान्य अवस्थामा हेर्दा नियम संगत संचालित रहेको नरहेको बारे कागजपत्रहरु अध्ययन भइरहेकोले १ ÷२ दिनमा जानकारी दिइने बताए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, प्रहरी नायव उपरीक्षक राजेश थापा, समन्वय समितिका अधिकारी सुनिल चौरसिया, राजश्व कार्यालय कलैयाका प्रतिनिधि र स्थानीय प्रशासनको सहभागिता रहेको थियो । यस क्षेत्रमा रहेको बालगंगा लगायतका खोलामा संञ्चालित बालुवा प्रशोधन केन्द्रहरुमा नदीजन्य पदार्थहरुको उत्खननमा रोक लगाएको बेलामा समेत क्रसर र बालुवा प्रशोधन उद्योगहरु सञ्चालनमा रहेको छ ।


