२०७८ पुष २८, बुधबार ०६:१०

वीरगञ्ज । सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित एकजनालाई बाराबाट पक्राउ गरेको छ ।

बारागढ़ी– ७ सुखीपथरामा रहेको जोखु चौधरीको घरमा लुकाई राखिएको अवस्थामा ७० किलो प्रतिबन्धित लागु औषध गाँजा सहित मकवानपुर राक्सिरांग–६का मोतीलाल लामाको २१ वर्षीय छोरा प्रेम लामालाई पक्राउ गरिएको हो । ७० केजी गाँजा सहित नियन्त्रणमा लिइएको लामालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए । हरियो प्लास्टिकले बेरेर पाँच वटा पोका बनाई राखेको अवस्थामा लामालाई नियन्त्रणमा लिइएको थियो । लामाको साथबाट प्रहरीले ३९ हजार नगद रुपैयाँ, मोबाइल–१ थान पनि बरामद गरेको छ । लामा विरुद्ध लागु औषध नियन्त्रण ऐन अनुसार कारवाही गरिने जनाइएको छ ।

Comment


Related News