अपडेट 
२०७८ पुष २९, बिहीबार ०५:४३

संघीयताको जननी मानिएको प्रदेश नं २ को ऐतिहासिक सरकारका वाहकहरूको समय सीमाको दिन गन्ती हुन थालेको छ । यी अवधिमा ढाकछोप र भाषणको बाढी नै आए पनि मूल गन्तव्यमा अहिले पनि टाढा नै रहेको छ ।

विभिन्न ऐन पारित गरी अवसरवादिताको चित्ताकर्षक संरचनाको पिच निर्माण भए पनि परिणामबोधक हुन नसकेको विश्लेषण शुरू भइसकेको छ । संरचनाका वाहकरू मूल गन्तव्यलाई व्यक्तिगत उन्नतिको सुनौला माछा समाउने बल्छीको काँटामा चारा बनाएका कारण पीडा र व्यथाको रापमा पिल्साइ सुकुटी बनाउने बाटो खन्दै गएका छन् । नामकरण र राजधानीको गन्तव्य घाइते भएको छ , पीडा , व्यथा , निराशा , बाध्यता र विवशताले बेसूर भइ बाँचिदिएको छ । मानव जाति मननशील र संवेदनशील मस्तिष्क भएको विकासशील जीवात्मा हो । यसैले जीवनका प्रतिपदमा देखेका , सुनेका , अनुभव गरेका घात– प्रतिघात , संघर्ष , पूतिस्पर्धा , क्रन्दन , वञ्चना , उपहास आदि मानसिक प्रतिकूलताबाट भग्नाश , निरूत्साह र लक्ष्यहीन जस्तो बन्दछ । यही चक्रको परिधिमा संभवतः प्रदेशको नामकरण र राजधानी निर्धारण बिलयोन्मुख हुने जाने अवस्था देखा परेको छ ,छलकपट र स्वार्थको बल्छीको कांटामा अल्झेको छ । जनकपुरधाम कि वीरगञ्ज राजधानी , मिथिला , भोजपुरा , जानकी , मधेश, मध्य मधेश प्रदेशजस्तामा वाहकहरूको विखण्डित विश्वासले तलको भावलाई मलजल दिइ रहेको प्रतीत हुन्छ ;

ठोक्किएर स्वार्थका अक्कर पहरामा कतै दुर्घटित भएको विचारको बाटो जेलिएर संकीर्णताका काँडेदार लहरामा कतै छेकिएको छ चेतनाको उज्यालो पाटो …।

मुख्यमन्त्रीलाई वीरगञ्जवासीको स्वार्थ , दलहरूलाई इतिहास आफ्नै संघार नेर चल्मलाउँदा थाङ्नो ओढेर आराम गर्ने कि जुमृराएर जुरूक्क उठने स्थितिले मुसाको सिङ् खोज्न आफ्ना अनुगामीहरूलाई अ¥हाएर सरह भएको छ । उचालेको कुकुरले मृग मार्देन ,सिङ् घुमेको लाहुरी भैंसीले फुल पार्देन भन्ने जान्दाजान्दा पनि स्वार्थको तानाचक्र फर्काउन दिवास्वप्न देख्नु परिवर्तनको निर्मलतालाई हिलो घोलेर धमिल्याउनु हो । मिथिला वा मधेशले गौरवबोध हुने वा जानकी र मध्य मधेशले साँचेको सपना फलिफाप हुने भन्ने बल्छीको कांटामा अल्झाउनु भविष्यतर्फको यात्रा रोकिनु नै हो । यी सवालहरू माटो सुहाउँदो हो कि केन्द्रीय सरकारमा छिमेकी राष्ट्रमध्ये कसको नजिक हुने कुटनीतिक खेल हो प्रश्न सामयिक भएको छ ।आपूm उभिएको हाँगालाई काटने उद्यत कालीदासीय प्रवृति मौलाउने अवसर पाउनु दुःखद छ ।जहाँ वसोवास छ , गौरवान्वित भइ रहेका छौं , अन्ततः त्यसलाई जटिल जालमा किन जेलिने ? कता छेउ , कता टुप्पो , कता गाँठो , कता जिली , मानौं यात्री यात्रा गन्तव्य नै भुली अल्मलिएको छ । जितेन्द सोनल लगायत वीरगञ्ज सम्बद्ध केही सभासद वीरगञ्जको पक्षमा नारा लगाउने र तिनै पक्षमध्ये केही मध्य मधेशको वकालत गर्दे रस्साकस्सी गर्ने तथा सप्तरी , सिरहा , धनुषा , महोत्तरी , सर्लाहीका अधिकांश सभासद जनकपुरधामको महत्वलाई सहर्ष स्वीकारेको स्थितिमा दुई तिहाइरूपी बल्छीको काँटामा अल्झाउनु जनकपुरधामको शोभा सिद्धियाउने दुःस्सह दुर्गति नै मान्न सकिन्छ ।

कुनै चाहे नंगा भइ फगत दंगा गरिहून कुनै चाहे चंगा भइ गगन गंगा बीच बहून अँध्यारा स्वप्नाका सुख दःख खुसी भइ सबै सहू सबै भन्दा भिन्ने भइ फगत हाँसो खुस रह

जनकपुरधामको घरलाई वीरगञ्जरूपी हठले भत्काउँदै हिंडन खोज्ने वाहकको आगामी दिनमा जनताले विश्वास दिएर पठाउने नै छन् भन्ने आधार पनि बलियो देखिएको छैन । सबल बलले मिलेरनै भव्य सम्भावना बन्छ र त्यसको एकताको भावनाले पूर्णता दिएको इतिहास साक्षी छ । समय बिति सकेपछि द्रवित नयनले नित्य सिरानी भिज्ने कहर मात्र शेष हुन्छ । शेर बहादुर देउवा , पुप्पकमल दाहाल प्रचण्ड , माधव नेपाल र उपेन्द्र यादवले राजधानी र नामकरण सन्दर्भमा गम्भीर हुने बेला आइसकेको छ । महन्थ ठाकुर वा राजेन्द्र महतोले पनि व्यक्तिगत स्वार्थलाई नियति बनानु हुँदैन ।यस सवालमा एक पटक मतदान भइ अस्वीकृत भइसकेको छ भने त्यस्तै अवस्था सिर्जना हुने विषयुक्त फणा छ । त्यसैले चुनौतीका कडा ढुङ्गा खडा गर्नु हुँदैन । वाहकहरूसँग प्रश्न छ ?

तिमी यथार्थहीन वास्तविकता हो कि तथ्यहीन प्रचार ? म संशयमा पर्छु तिमी मात्र असहज बनेका हौ कि कसैदेखि सन्त्रस्त ? तिमी केवल असंयमित भएका हौ कि आफैभित्र संशयग्रस्त?

यदि मान्छेमा चेतनालाई परिचालन गर्ने सातो भएन भने जीवन नै व्यर्थ हुने यथार्थलाई स्वकिार गर्नु आवश्यक छ । मिथिला वा मधेश , मध्य मधेश वा जानकीको द्वन्दलार्इृ चेतनहीन काठ सरह बनाउनु हुँदैन । सुकेको काठझैं गन्तव्यहीन यात्रा गर्नु हुँदैन , किन भने हामी प्रवाहशील तरंग हौ, छचल्किँदो छाललाई छातीमा प्रवाहित गर्न सक्ने र तरंगिदो तरंगलाई आपूmमा समाहित गर्न सक्ने गतिशील गंगा बनाउनु पर्दछ । नामकरण र राजधानी निर्धारणलाई पुनः बल्छीको कांटामा अल्झाउन उद्यत प्रवृत्ति अनिष्टताको संकेत हो । घाती रण हो , मूक बनाउनु हो । अतः वाहकलाई फेरि सोध्न चाहन्छु ;

यो द्वन्द दायाँतर्फ घुम्ने इसारा हो कि बायाँतर्फ फर्किने संकेत हो ? उकालो चढ्ने आदेश हो कि ओरालो झर्ने निर्देश हो ?

Comment


Related News

Latest News

Trending News