अपडेट 
२०७८ पुष २९, बिहीबार ०७:४७

नेपाली कांग्रेसका सह– महामन्त्री फरमुल्लाह मंसुरले बारामा विरासतको राजनीतिक अब ढालेरै छाड्ने बताएका छन् ।

माघ १५ गते हुने नेपाली कांग्रेस बाराको जिल्ला सभापतिमा शम्भु बहादुर बुढोथोकीलाइ सर्मथन गर्नेका लागि गढीमाई मन्दिरमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस पार्टीमा परिवारवाद, जातिवाद र विरासतवाद समाप्त भइसकेको हँुदा अबपनि कसैले परिवारवादलाई निरन्तरता दिन खोज्नु दिवा स्वप्न भएको टिप्पणी गरे । कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउँदै पूर्व मन्त्री समेत रहेका मंसुरले अब हुने तीनै तहको निर्वाचनमा काँग्रेसले नै जित्ने दाबी गरे । कार्यक्रममा प्रदेश २ का उपसभापति चन्द्रशेखर कुमार यादवले त्याग र तपस्याको आधारमा टिकट प्रदान हुने कुरामा आफू ढुक्क रहेको बताउँदै काम गर्ने कोही कसैको टिकट कसैले काट्न नसक्ने प्रतिवद्धता व्यतm गरे । महागढीमाई नगरपालिका– १ नेपाली काँग्रेसका बुथ सभापति झबु साह कानुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सदस्य उपेन्द्र प्रसाद जयसवाल, पार्टी सभापति जयचन्द्र चौरसिया, नेपाली कांग्रेस पार्टी संगठन विभाग प्रमुख एवम् सभापतिका प्रत्याशी उम्मेदवार शम्भु बहादुर बुढाथोकी सहितको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News