अपडेट 
२०७८ पुष २९, बिहीबार ०७:५४

कलैया । बाराको निजगढ नगरपालिकाले सञ्चालन गरेको ‘हेलो आमा’ कार्यक्रमबाट नगर क्षेत्र भित्रका सुत्केरी तथा गर्भवती आमाहरू लाभान्वित भएकी छिन् ।

नगरपालिकाले घरमै पुगेर गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधिको व्यवस्था मिलाए पछि उनीहरु लाभान्वित बनेका हुन् । कछडिया गाउंकी २३ वर्षीया करुणा कुँवरले स्वास्थ्यकर्मीको टोलीले घरमै आएर स्वास्थ्य परीक्षण गर्दा आफ्नो र बच्चाको स्वास्थ्य अवस्थालाई लिएर ढुक्क भएको बताइन् । दुइ साताकी सुत्केरी कविता स्वास्थ्यकर्मीले आफ्नो र बच्चाको स्वास्थ्यबारे सोधपुछ गर्ने र आवश्यक औषधि, भिटामिन घर मै ल्याइदिने गरेको भन्दै खुशी व्यक्त गरिन् । नगरपालिकाको रतनपुरी स्वास्थ्य चौकीमार्फत वडा नम्बर ११, १२ र १३ को लाल, रतनपुर, घैयापुरी, रामथली, कुम्जोल, भक्तलाल, डम्मरपुर सहित बार ासँग जोडिएका मकवानपुरका केही गाउंमा समेत यस्तो सेवा दिँदै आएको छ । स्वास्थ्य संस्थामा प्रसूति सेवा लिए वापत संघीय सरकारले दिँदै आएको यातायात खर्चमा नगरपालिकाले ५ सय थप गरेर २ हजार रूपैयाँ दिँदै आएको छ । यस अघि उपचारका लागि अधिकांश महिला वीरगञ्ज, हेटौंडा र भरतपुरका अस्पताल पुग्ने गर्दथे।

Comment


Related News

Latest News

Trending News