२०७८ पुष २९, बिहीबार ०८:००

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा बुधबारदेखि पहिलो संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

उक्त प्रतियोगिताको नेपाली काँग्रेसका युवा नेता एवं मलंगवा नगरपालिकाका उप–मेयर शान्ति मिकरानीका छोरा समीर मिकरानीले गरेका छन् । मलंगवा नपा–२ स्थित जिल्ला खेलकुद विकास कार्यालयको कवर्ड हलमा भइरहेको यस प्रतियोगितामा सर्लाही जिल्ला अन्तर्गतका विभिन्न पालिकाबाट १६ वटा टिमहरु सहभागी भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार मेयर निरसल साहले उद्घाटन गर्ने कार्यक्रम रहेपनि उनी बिरामी परेको र उपमेयर शान्ति मिकरानी जिल्ला बाहिर रहेकोले खेलको उदघाटन नेकाँका युवा नेता समीर मिकरनीले गरेका हुन् । देश विकासको लागि युवाको विकास र युवाको विकासको लागि खेलको विकास हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै उपमेयर कप २०७८ को आयोजना गरिएको मिकरानीले बताए । प्रतियोगिताको सबै खेल कवर्ड हल(जि.खे.विकासको खेल मैदान)मा आयोजना हुने आयोजक मलंगवा स्ट्राइकर क्रिकेट क्लबले जानकारी दिएको छ । सर्लाहीको नगरपालिका र गाउंपालिका अन्तर्गतका क्रिकेट टिमहरु बीच खेलाइने यस प्रतियोगिताका विजेता टिमलाई नगद २५ हजार रुपैयाँ तथा उपविजेता टिमलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Comment


Related News