अपडेट 
२०७८ पुष ३०, शुक्रबार ०७:४३

जनकपुरधाम देखि जयनगरसम्म पहिलो चरणमा र जनकपुरधाम देखि बर्दिबाससम्म दोस्रो चरणमा गरी नेपाल रेल्वे सञ्चालनका चर्चा परिचर्चा दिनहुँ भइरहेको छ । कहिले कानून बनाएर चलाउनु पर्छ भने कहिले अध्यादेश ल्याएर चलाउने तयारी हुँदैछ भन्ने खबरहरु सार्वजनिक भए पनि कहिले चल्ने हो भने त्यसको कुनै ठोस मितितिथि भने तय हुन सकेको छैन् ।

रेल्वेको महानिर्देशकमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले गुरुप्रसाद भट्टराईईलाई पठाए, सरकार फेरिए लगतै अहिले निरञ्जन झालाई पठाइएको छ ।तर रेल सेवा सञ्चालन हुन्छ, आज हुन्छ भोलि हुन्छ भन्ने अन्योलताको बादल हटन सकेको छैन । तत्कालीन महानिर्देशक भट्टराईले रेल्वे सञ्चालनका लागि पण्डित जीको दक्षिणा जस्तै १५१ जना विभिन्न पदका कर्मचारीको विज्ञापन गरी भर्ना लिएका थिए । त्यतिवेला छनौट गरि एका कर्मचारीहरुलाई लत्याउँदै अहिलेका महानिर्देशक झाले भने पण्डित जीकै दक्षिणा स्वरुप बिना विज्ञापन ५५ जनालाई विभिन्न पदका तालिम दिन थालेका छन् । तालिम शुरु भएपछि पहिले भर्ना गरिएको कर्मचारीहरु भने आन्दोलन थालेका छन् । आन्दोलन थालेपछि तालिमको विषयमा सवैले जानकारी पाएका छन् । भट्टराईले ठूलो रकम लिइ उनीहरुलाई भर्ना गरेका थिए तर, झाले उनीहरुलाई हटाउने कुनै आधार नदिइ छुट्टै तालिम सञ्चालन गरेर कुन आधार र प्रक्रिया टेकेर उनीहरुलाई तालिम दिइ रहेका छन् त्यसको जवाफ दिनुको साटो उनका पिए रञ्जीत नामका व्यक्ति फोन उठाएर महानिर्देशकको जवाफ सञ्चारकर्मीहरुलाई दिने गरेका छन् । ५५ जनामा अधिकांश सप्तरी जिल्लाकै छन् सप्तरीकै महानिर्देशक झा पनि छन् । वर्तमान गठवन्धनको सरकारमा महानिर्देशक माधव नेपालका नेपाल कम्युनिष्ट पार्टी समाजवादीको कोटा परेका थिए । महानिर्देशकले ती ५५ जनासंग ठूलो रकमको चलखेल गरेर तालिम दिई रहेको भट्टराईले नियुक्त गरेका कर्मचारीहरुले आरोप लगाएका छन् ।

समृद्धिको परिकल्पना गर्नु र यस प्रकारले रकम लिइ कर्मचारी नियुक्त गर्दा उनीहरु कस्तो काम गर्नेछन् त्यो स्पष्ट बुझ्न सकिन्छ । स्वच्छ प्रतिस्पर्धा विना विभिन्न आरक्षण र आफूखुशी कर्मचारी भर्नाले रेल सेवा स्वच्छ रुपमा सञ्चालन हुन्छ त्यो शंकाको विषय हो । संविधानले दिएको अधिकारको सदुपयोग गरि यो भने त्यो कामले आम जनता खुशी महसुस गर्छन् तर दुरुपयोग गर्दा त्यो सम्पूर्ण समाजकोलागि विष सरहनै हुनेछ । एक त यति ठूलो प्रतिक्षापछि रेल्वे चल्ने सुरसारमा छन् त्यसको शुरुमानै कर्मचारी भर्नामानै राजा रजौटावाला प्रवृति अपनाउनुले यसले समृद्धिको परिकल्पना गर्नु निरर्थक हुने निश्चित छ । स्थानीय, प्रदेश र संघ सरकारवाट आज जनता दिक्क छन् । भन्नकोलागि गाउँ गाउँमा सिंहदरवार पुगेको प्रचारबाजी गरिए पनि यस्ता यस्ता नियुक्तिले योग्य व्यक्ति बञ्चित हुने र कार्य क्षमतामा सक्षम नरहेकाहरु स्थानमा पुग्दा त्यसको नतिजा के हुन सक्छ त्यो सहजै बुझ्न सकिन्छ । विभिन्न आरक्षणले सक्षम व्यक्ति बैदेशिक रोजगारमा छन् भने कमजोर व्यक्ति राज्यको नेतृत्व तहमा पुग्ने गरिएको छ । त्यसले राष्ट्र निर्माण गर्नेछ र त्यो राष्ट्र सक्षम, बलियो र अन्य मुलुकहरु संग प्रतिस्पर्धा गर्नेछ ? आरक्षण र आफूखुशी गरिएको नियुक्तिले व्यक्तिले लाभ लिन सक्ने छ तर त्यसमो सम्पूर्ण राष्ट्रलाईनै घात गर्ने निश्चित छ । आज रेल्वेमा महानिर्देशकले आफूखुशी नियुक्ति बाडेका छन् भोलि अन्य निकायमा यस्तो नहुने को ग्यारेन्टी लिन्छ ? त्यसैले गैरकानूनी गरिएको नियुक्ति बदर गरी सक्षम व्यक्तिलाई उचित स्थान दिनुपर्छ । एका तिर रेल्वे सञ्चालनमा अनेकौ बाधा व्यवधान छन् त्यसमा कर्मचारी भर्नामा समेत गरिएका यस्ता त्रुटिले भविष्यमा रेल्वेलाई दुर्दशा हुनवाट जोगाउनुपर्छ । विगतमा पनि रेलको इन्जिनमा चिनी हालेर इन्जिन सिज भएको घटना जनकपुरधामबासीले विर्सेका छैनन् ।

सायद यो कुरा महानिर्देशक झालाई जानकारी नहुन पनि सक्छ तर, जनकपुर धामबासीको मानसपटलमा अहिले पनि संशय कायम छ । विवेकशील समाजको निर्माण गर्नुपर्छ । निहित स्वार्थवाट माथि उठ्नुको साटो आफ्नो समाजलाई आफै दुर्गन्धित बनाउने काम गर्दा भावी पुस्तामा त्यसको प्रभाव पर्ने भएकाले यस्ता यस्ता कार्यलाई निरुत्साहित गर्न पर्छ । समाजलाई सही दिसामा डोर्याउनुको साटो विगतमा गरिएका प्रक्रियाहरुलाईनै दोहर्याएर संघीयताको अनभूति जनताले गर्न सक्दैन् । संघीयता कार्यान्वयन गर्नका लागि सवै भन्दा बढी युवाहरुले जिम्मेवार भइ आफ्नो कार्य कौशलता देखाउनु पर्छ । तर, महानिर्देशक झाले गरेका कार्यले युवाहरुमा भ्रष्टाचार निरुत्साहित हुनुको साटो प्रोत्साहन पाउनेछ ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News