२०७८ पुष ३०, शुक्रबार १२:१०

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेका महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २०० रुपैयाँले नै बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने बिहीबारको मूल्यमा पाँच रुपैयाँले बढ्दै एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

Comment

Related News

Latest News

Trending News