२०७८ माघ १, शनिबार ०६:३१

जनकपुरधाम । प्रदेश २ सरकारल महेन्द्रनारायण निधि विपन्न आवास योजना कार्यक्रम संचालन गर्ने भएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको वैठकले भौत्तिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत संचालन हुने उक्त योजनाको कार्यविधि र दलित सशक्तिकरण नियमावली समेत स्वीकृत गरिएको छ । जनता आवास कार्यक्रममा अति दलित तथा विपन्नलाई ३ लाख सम्मको लगानीमा घर निर्माण गरि दिने योजना रहेको छ । तर महेन्द्रनारायण निधि विपन्न आवास योजना अन्तर्गत दलितलाई मात्रै नभइ गरिव, विपन्न,असहाय, एकल महिला लगायतका जुनसुकै समुदायको व्यतिmलाई ५ लाखको लगानीमा दुइ कोठे भवन, भान्सा कोठा र शौचालय सहितको घर निर्माण गरिदिने योजना रहेको भौतिक पूर्वाधार मन्त्रीका सल्लाहकार जीवनाथ चौधरीले जानकारी दिए । महेन्द्रनारायण निधि विपन्न आवास योजना अन्तर्गत प्रत्येक वर्ष प्रदेश सभामा ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा १० वटाका दरले वार्षिक ६ सय ४० वटा घर निर्माण प्रदेश सरकारले गरिदिने चौधरीले बताए । महेन्द्रनारायण निधि विपन्न आवास योजनाको संयोजकमा भौतिक पूर्वाधार मन्त्री रहनेछ भने प्रदेशका ८ वटै जिल्लामा जिल्ला संयोजकमा प्रदेश सांसद नै तोकिने जनाइएको छ ।

जिल्ला समितिमा एक जना प्रदेश सांसद संयोजक जुन भौतिक पूर्वाधार मन्त्रीद्वारा तोकिनेछ भने सदस्यहरुमा सम्बन्धित जिल्लामा सबै प्रदेश सांसदहरु रहने व्यवस्था कार्यविधिमा गरिएको छ । कार्यक्रमको निगरानीको जिम्मेवारी भने शहरी विकास कार्यालयलाई दिइएको छ । त्यसैगरी दलित सशक्तीकरण नियमावली,२०७८ पनि स्वीकृत भएको जानकारी गराइएको छ ।

Comment


Related News