२०७८ माघ १, शनिबार ०६:३५

कलैया । नेकपा एमाले बाराको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा विनोद साह निर्वाचित भएका छन् ।

कलैयामा सम्पन्न अधिवेशनले साहको अध्यक्षतामा एक सय ३५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरी घोषणा गरेको छ । यसअघि अध्यक्षमा निर्वाचित साह जिल्ला कमिटीको उपाध्यक्ष रहेका थिए । नव निर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा टिना सुवेदी, सचिवमा अध्यानन्द पाण्डे, स ह – स िच व म ा अमृत शर्मा बजगाई र भुलन चौधरी चयन भएका छन् ।अध्यक्ष मण्डलका अध्यक्ष एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला ईन्चार्ज बलवीर चौधरीले एक सय ३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका थिए । कमिटीमा उप–महानगरपालिकाबाट सात, नगरपालिकाबाट पाँच र गाउंपालिकाबाट तीन जना प्रतिनिधिलाई सदस्यमा राखिएको छ । जिल्लाको १६ वटा स्थानीय तहमध्ये अन्य पालिकाको प्रतिनिधि चयन गरिए पनि जीतपुरसिमरा उप–महानगरपालिका र कलैया उप– महानगरपालिकाबाट प्रतिनिधित्व गर्ने सदस्यको टुंगो लगाउन अझै बाँकी नै रहेको बताइएको छ ।

Comment


Related News