२०७८ माघ १, शनिबार ०६:४३

जनकपुरधाम । धनुषा प्रहरीले ७ लाख ७७ हजार ८० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।

विहीबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटेको टोलीले धनुषाको जनकपुर उप–महानगरपालिका–४ मा रहेको मालपोत कार्यालय आउने बाटोमा भारतबाट भन्सार छली ल्याएका साडी, उनी मोजा लगायतको २लाख४४हजार८ सय ८० बराबरको सामानहरू वेवारिसे अवस्थामा बरामद गरेको थियो । बरामद गरिएको सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटेको धनौजी गाउंपालिका–१ स्थित सडक खण्डमा भारतबाट भन्सार छली गरी ल्याइएको पितल तथा स्टिलका भाँडाकुँडाहरू, सुती साडी, टावेल, लहंगा, सल, बच्चाको विभिन्न किसिमको कपडाहरू र मोटरसाईकल थान–२ गरी ५ लाख ३२ हजार २ सय बराबरको समान वेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिइएको सामानहरुलाई भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ ।

https://www.youtube.com/watch?v=m–DsUZgLFg

Comment


Related News