जनकपुरधाम । इन्टरनेट कम्पनी सुबिसु केवल नेट लिमिटेडले २१आंै वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
जनकपुरधाम सहित देशभरिका जिल्लाहरुमा रहेको सुविसुको स्थानीय कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाएको जानकारी सुविसु जनकपुरधामका प्रबन्धक शम्भुनाथ झाले जानकारी दिए । केही दिन यतादेखि फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै रगतको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना गरिएको झाले बताए । जानकी मन्दिर परिसरमा शुक्रबार दिउँसो रेडक्रस सोसाइटी जनकपुरको सहकार्यमा भएको रक्तदान कार्यक्रममा सुविसु धनुषा जिल्लाको विभिन्न स्थानमा कार्यरत ५१ जना कर्मचारीले रक्तदान गरे । प्रबन्धक झाको अध्यक्षतामा भएको कार्यक्रममा जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले प्रमुख अतिथिको आसनबाट बोल्दै रक्तदानलाई सबभन्दा उत्तम धर्मको संज्ञा दिए । कार्यक्रममा जनकपुरधाम उप–महानगरपलिकाकी उपमेयर रीता झा, धनुषाका प्रहरी नायव उपरीक्षक(डिएसपी) जितेन्द्र बस्नेत, असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साह, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र, युवा अभिन्ता दीपक ठाकुर लगायतको सहभागिता रहेको थियो । सो अवसरमा सुविसुका धनुषा प्रबन्धक झाले रक्तदान गर्ने तथा समाजमा योगदान पु¥याएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई प्रसंशापत्र हस्तान्तरण गरेका थिए ।
यसैबीच सुविसु सप्तरीले रगतको अभाव हुन नदिन आफ् नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त कम्पनीले शुक्रबार संस्थाको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । रक्तदान जीवनदान भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा दुइ महिला सहित २१ जनाले रक्तदान गरेको कम्पनीका राजविराज शाखा इन्चार्ज नोमान अन्सारीले जानकारी दिए । रगत अभावका कारण कुनै पनि व्यक्तिको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ यस पटकको वार्षिकोत्सव रक्तदान कार्यक्रम गरी मनाइएको उनको भनाई छ । रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको सो कम्पनीले जनाएको छ ।

