अपडेट 
२०७८ माघ १, शनिबार १६:२६

नेपालमा शनिबार ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ४ सय १२ पिसिआर परिक्षणका क्रममा ३ हजार ७ सय ३ जना र ४ हजार १ सय ४४ एन्टीजेन परिक्षणका क्रममा ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार ६ सय १७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ३ सय ५० सक्रिय संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १६ हजार ३ संक्रमित निको भएका छन् । हाल नेपालमा २१ हजार ५ सय ८४ सक्रिय संक्रमित आइशोलेशन र १ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News