राजविराज । सप्तरी जिल्लामा चलाउन नजानेर ट्रयाक्टर गुडाउन खोज्दा दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–६का २२ वर्षीय धीरज सदाको ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको हो । डिएसपी माधवप्रसाद काफ्लेका अनुसार ट्रयाक्टर चालक खाना गएको बेला ट्रयाक्टरमा कामदार रहेका सदाले उक्त स.१त. २७६ नम्बरको ट्रयाक्टर गुडाएका थिए । ट्रयाक्टर गुड्न नपाउंदै अनियन्त्रित भइ नहरमा पल्टेर ट्रयाक्टर दुर्घटनाग्रस्त भएको थियो । अनियन्त्रित भइ पल्टिएको ट्रयाक्टरमै किचिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरुलाई माटो लिन जान्छु भन्दै हतार–हतारमा कामदार सदाले ट्रयाक्टर चलाएको केही मिनेटमै नहरमा पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटना शुक्रबार राती भएको थियो भने प्रहरीले शनिबार बिहान नहरमा सदाको शव फेला पारेको जनाएको छ । सदाले चालक अनुमति पत्र समेत नलिएको बुझिएको उनले बताए । सीप नभइ जोखिमपूर्ण काम गर्दा यस्तो दुःखद घटना भएको उनले बताए । मृतकको शव शनिबार नै पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=m–DsUZgLFg

