मलंगवा । सर्लाहीको बरहथवा नगरपालिका – १०, कटानीकी ३२ वर्षीया महिला सावित्री कुमारी महरा चमारको हत्यामा संलग्न रहेको आरोप प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाले पक्राउ परेकाहरुलाई शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका –१०, ताईवान टोल घर भएका २७ वर्षीय सन्तोष साह, २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरा रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिए । महिलाको हत्या भएको एक साताभित्र तीनै जनालाई प्रहरीले फरकफरक मितिमा पक्राउ गरी अनुसन्धान गर्दा महिलाको हत्या उनीहरुले सामूहिक रुपमा गरेको प्रहरीमा बयान दिएका छन् । आफूहरूले महिलालाई राती घरबाट बोलाएर मुख बन्द गरेर घाँटी थिचेर हत्या गरेको र मृतक महिलाको शव उखँुबारीमा लगेर आगो लगाइ भागेको बयान दिएका छन् । पुस १७ गतेदेखि घरबाटै हराएकी महिला घर नफर्केपछि स्थानीयले पुस २३ गते बिहान उखु बारीमा महिला जलेको अवस्थामा शव फेला परेका थिए । हत्यामा संलग्न सन्तोष साहसँग मृतक महिलाको एक वर्ष देखि चिनजान भएको र मृतक महिलाले केही पैसा जग्गा खरिद गर्ने साहलाई दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक महिला र साहबीच प्रेम सम्बन्ध समेत रहेको र मृतक महिलाले साहलाई विवाह गरेर सँगै लैजान भनेपछि आफूले हत्या गरेको साहले प्रहर ीसँगको बयानमा स्वीकार गरेका छन् । प्रहरीले हत्यामा प्रयोग गरिए पल्सर २२० सीसीको मोटरसाइकल समेत बरामद गरेको छ । मृतक महिलाको श्रीमान दुई वर्ष देखि वैदेशिक रोजगारीको सिलसिला कतारमा छन् ।
https://www.youtube.com/watch?v=m–DsUZgLFg

