अपडेट 
२०७८ माघ २, आईतवार ०५:५६

ध्रुबकुमार झा

जनकपुरधाम । अहिले विश्वभरि व्यापक रूपमा फैलिन थालेको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट प्रदेश २ मा नौ जना संक्रमितको सम्भावना देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका अनुसार कोरोना जाँचमा पोजिटिभ आएका नमूना परीक्षण गर्दा नौ जनामा ओमिक्रोन भेरिएन्टको सम्भावना देखिएको हो ।

पर्साको वीरगञ्ज ,गौरको बर्गिनिया,महोत्तरीको मिठ्ठामोड तथा सिरहाको माडरमा रहेको हेल्थ डेस्क तथा प्रदेश प्रयोगशाला अन्र्तगतको आठ वटै जिल्लामा पोजिटिभ देखिएका नमूनाहरुको प्रदेश प्रयोगशालामा एसजीटिएफ जाँच गर्ने गरिएको र सोमा एसजीन टार्गेट फेल्योर ९ जनामा देखा परेकोले सो सम्भावना व्यक्त गरिएको हो । ओमिक्रोन रहेको नरहेको निश्चितताका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डुमै नमुना पठाइने गरिएको जानकारी दिँदै प्रयोगशालाका निर्देशक डा.श्रवण्ढा मिश्रले अहिले फेला परेको नौ वटा नमूना काठमाण्डु पठाउने तयारी अवस्थामा रहेको बताए । ‘विभिन्न ठाउँबाट आउने पोजिटिभ रिपोर्टको एसजीटिएफ जाँच प्रदेश प्रयोगशालामा गरिसकेपछि एस जीन निगेटिभ आएकालाई हामीले सम्भावित ओमिक्रोनको संज्ञा दिने गर्छौ र त्यसको कन्फर्मेशनको लागि काठमाण्डु पठाउने बाध्यता छ।’ उनले भने । सामान्यतया जाँचको क्रममा विभिन्न चार वटा जीन मध्ये ‘एस’ जीन टार्गेट फेल्योर (एस निगेटिभ) भएमा ओमिक्रोन भाइरस रहेको आशंका गर्ने गरिएको बताउंदै डा.मिश्रले भने,‘यस्तै नौ जनाको संकलित स्वाबलाई हामीले काठमाण्डु पठाउन लागेका छौं,ती सबैमा ओमिक्रोन रहेको करिब करिब पुष्टि भइसकेको छ ।’

प्रदेश प्रयोगशालामा ओमिक्रोन पत्ता लगाउने प्रविधिको अनुपलब्धताले गर्दा ओमिक्रोन भए नभएको पुष्टि गर्न संकलित स्वाबलाई सिक्वेन्सिंग जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ । नौ जनाको नमूना मध्ये तीन जनाको बाराको कलैया अस्पतालमा कोरोना जाँच भएको थियो भने रौतहटको गौर अस्पतालमा जाँच गरिएको दुइटा र बाँकी जनकपुरधाम स्थित प्रयोगशालामा जाँच भएको नमूनाहरु रहेको प्रयोगशालाले जनाएको छ । एस जीन फेल्योर भएपछि ओमिक्रोन भेरिएन्ट संक्रमण भएको मानिने गरिएको छ । नेपालमा अहिले सम्म गरिएको नमूना परीक्षण अनुसार एस जीन फेल्योर भएका सबैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । केही दिन यता जनमानसमा ओमिक्रोन हो कि डेल्टा भेरिएन्ट भन्नेमा अन्योलको वातावरण रहेको भन्दै डा.मिश्रले भने,‘ओमिक्रोन भन्दा बढी खतरनाक डेल्टा भेरिएन्ट छ ,तर अहिले ओमिक्रोनको हल्ला बढी भएकोले प्रदेशमै यदि यसको जाँचको व्यवस्था भइदिए झनै सजिलो हुनेथियो ,अन्योलता हट्ने थियो।’ अन्तिम निश्चितताको लागि काठमाण्डुमै परीक्षण गर्ने बाध्यताको अन्त्य गर्न प्रदेश प्रयोगशालामै ओमिक्रोन तथा डेल्टा भेरिएन्टको परीक्षण हुन सक्ने गरी सरकारले ध्यान दिनु पर्ने आवश्यकतामा उनले जोड दिए । ‘सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको ना क तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ ।

पीसीआर विधिले मानिसमा कोरोनाभाइरस संक्रमण छ कि छैन भनेर हेर्छ ।’,उनले प्रष्ट पारे । तीव्र रुपमा फैलिने भएकोले ओमिक्रोन भेरिएन्टको जाँचमा कम्तीमा सात दिनको समय लाग्ने भएकोले परीक्षणको रिपोर्ट आउंदा सम्म ढिलो भइसकेको बताउंदै डा.मिश्रले भने सर्तकताको विकल्प नरहेको प्रष्ट पारे । अन्य भेरिएन्ट भन्दा पनि खोप लिइसकेका संक्रमितहरुमा पोजिटिभ रिपोर्ट पछि एसजीटिएफ जाँचमा एस टार्गेट फेल्योर आएकोले खोप लगाएकोमा पनि ओमिक्रोनको संक्रमण हुने गरेकोले उच्च सर्तकता अपनाउने विज्ञहरुले आग्रह गरेका छन । ओमिक्रोन अहिले सम्मकै ठूलो चुनौतीको रुपमा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी समेत जारी गरेको छ । भने स्थानीय प्रशासनले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने,सामाजिक दूरीको पालना गर्नु पर्ने लगायतको स्वास्थ्य मापदण्ड अनुसार मात्रै घर बाहिर निस्कन आदेश जारी गरेको छ ।

https://www.youtube.com/watch?v=m–DsUZgLFg

Comment


Related News

Latest News

Trending News