अपडेट 
२०७८ माघ २, आईतवार ०६:०७

गौर । कोभिड १९ को तेस्रो लहरको संक्रमणको उच्च जोखिमलाई मध्य नजर गर्दै रौतहट जिल्लाको नेपाल भारत सीमानामा एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ ।

बढ्दै गएको ओमिक्रोनको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि जनचेतना फैलाउने उद्देश्यले चेकजाँच केन्द्र स्थापना गरिएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार पहिलो र दोस्रो लहर जस्तो विद्यालय , सामुदायिक भवन आइसोलेशन वार्ड स्थापना गर्ने व्यवस्था अहिले नभएकोले संक्रमित भएको व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको हो । भारत सित जोडिएको जिल्ला रौतहट रहेको र गौर नाका मुख्य नाका भएकोले नाकामा हेल्थ डेस्क स्थापना गरी परीक्षण गर्ने व्यवस्था गरिएको जनाइएको छ । नाकामा बस्ने स्वास्थ्यकर्मीहरुले भारतबाट नेपाल आउनेलाइ एन्टीजेन परिक्षण गर्ने पोजेटिभ देखेपछि एम्बुलेन्सको सहायताले गौर अस्पतालमा पठाउने व्यवस्था गरिएको छ ।

Comment


Related News

Latest News

Trending News