जनकपुरधाम । मधेश आन्दोलनको क्रममा अग्रणी भूमिकामा रहेका जनकपुरधामका युवा धर्मेन्द्र साह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गर्ने भएका छन् ।
सोमबार जनकपुरधाम उद्योग बाणिज्य संघमा दिउंसो एक बजे हुन लागेको पार्टी प्रवेश कार्यक्रममा उनी प्रवेश गर्ने जनाइएको छ । जनकपुरधामका महाबीर युवा कमिटीका पूर्व अध्यक्ष तथा मधेश आन्दोलनको क्रममा युवालाई परिचालन गर्नकालागि बनेको संघर्ष समितिको संयोजक साह लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो समर्थक मानिएका थिए । तर, उनले लोसपा दिगभ्रमित भएको भन्दै जसपाले नै मधेशका जनताहरुको मनोभाव अनुसार चल्ने पार्टी भएकाले पार्टीमा जान लागेको बताए । धनुषा निर्वाचन क्षेत्र नं. ३ वाट निर्वाचित भएका राजेन्द्र महतोको जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साह पहिला नै उनको साथ छाडि सकेका छन् भने युवाहरुमाझ दखल राखेका धर्मेन्द्रले समेत उनको साथ छाडेपछि महतो कमजोर अवस्थामा पुगेका छन् । सोमबार उद्योग बाणिज्य संघमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उनी सहित सयौं युवाहरुलाई प्रवेश गराउने जनाइएको छ ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk

