जनकपुरधाम । जनता समाजवादी पार्टीले जनकपुरधाममा दीपावली मनाएको छ । सोमबार प्रदेशको नाम र स्थायी राजधानी घोषणा भएको अवसरमा दीपावली मनाइएको हो ।
जसपाका नेता कार्यकर्ताहरुले जनक चोकमा नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएको खुशीमा दीपावली मनाएका हुन् । सो अवसरमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह लगायत धनुषा जिल्लाका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सो अवसरमा वक्ताहरुले मधेश प्रदेश र जनकपुरधामकालागि अन्य दलका सभासदहरुलाई धन्यवाद ज्ञापन गर्दै मधेश आन्दोलनको सानो उपलब्धिको रुपमा राजधानी र नामाकरण रहेको र मधेशी आदीवासी, जनजाति, थारु, मुस्लिम लगायतका अधिकार दिलाउनकालागि थप संघर्षको आवश्यक्ता रहेको औल्याएका थिए ।
https://www.youtube.com/watch?v=qffJ0oYAsx0

