अपडेट 
२०७८ माघ ५, बुधबार ०५:५२

जनकपुरधाम । पछिल्लो २४ घण्टा भित्र मधेश प्रदेश भरि २ सय ६८ जनामा कोरोना परीक्षण गर्दा दुइ सय जनामा संक्रमणको पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा १ सय ५५ जनामा कोरोना परीक्षण गर्दा ९१ जनामा संक्रमण भएको र चार जना पुरानो विरामी रहेको जनाइएको छ । त्यसैगरी सप्तरीको राजविराज अस्पतालमा ७५ जनामा परीक्षण गर्दा ६५ जनामा,लहान अस्पतालमा गरिएको परीक्षणहरु मध्ये २६ जनामा,सर्लाही अस्पताल मलंगवामा ७ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा र बारामा ३१ जनामा परीक्षण गर्दा १७ जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । सो अवधिमा संक्रमित हुनेहरुमा धनुषाको ५१ ,महोत्तरीको २५,सिरहाको ३३,सप्तरीको ६३,सर्लाही २,बारा १६ तथा पर्सा १ र अन्य प्रदेशका ९ जना रहेको जनाइएको छ । त्यसैगरी सप्तरी जिल्लामा एकै दिनमा ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ । स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा ७५ जनाको पीसिआर परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । संक्रमित हुनेहरुमा सुरक्षाकर्मीको संख्या सर्वाधिक ५६ रहेको छ ।

यहाँ मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजका ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जनाए । यस्तै सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर राजविराज इजलाशका चार जना न्यायाधीश र दुइ जना कर्मचारी समेत कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमण कै कारण गजेन्द्र नारायण सिंह अस्पतालमा सोमबार राती जिल्लाको रुपनी गाउंपालिका–१ की ७५ वर्षिया चमेली साहको मृत्यु भएको छ । दुइ दिनअघि उपचारका लागि भर्ना भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि आइशोलेसनमा राखी उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा सोमबार मध्यरातमा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । जिल्लामा पछिल्लो एक साता यता कोरोना संक्रमण हुने दर लगातार बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार विहीबार ५, शुक्रबार ७, शनिबार ८, आइतबार ९, सोमबार ११ र मंगलबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरुमा ५६ जना सुरक्षाकर्मी जिल्ला र उच्च अदालतका चार जना न्ययाधिश, तिलाठी कोइलाडी गाउँपालिकाका २ जना तथा राजविराज नगरपालिका तथा रुपनी गाउंपालिकाका १÷१ जना रहेका छन् ।

अघिल्लो दिनसम्म संक्रिय संक्रमितको संख्या ४० रहेकोमा मंगलबार एकै दिन ६५ जना संक्रमित थपिएपछि संक्रिय संक्रमितको संख्या १ सय ५ पुगेको छ । एक जना बाहेक सबै संक्रिय संक्रमितहरुको चिकित्सकको निगरानीमा होमआइसोलेशनमा उपचार जारी रहेको छ । स्वास्थ्य मापदण्ड पालना नगरेमा कोरोना संक्रमण अझै फैलिने सक्ने तथा ठूलै समस्या उत्पन्न हुन सक्ने सम्भावना डा.रंजीत झाले व्यक्त गरेका छन् । उनले भने, एकातिर छिमेकी राष्ट्र भारतमा तीव्र गतिमा कोरोना संक्रमितको संख्या बढिरहेको छ भने अर्कोतर्फ उताबाट दैनिक सयौंको संख्यामा नेपालीहरु घर फर्किरहेकाले भयावह हुने सम्भावना देखिएको छ । दयनीय अवस्था आउन नदिन जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले नाकाहरुमा निगरानी र स्वास्थ्य परीक्षणमा कडाई गर्नुका साथै सर्वसाधारणले पनि सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

त्यसैगरी वीरगन्ज लगायत बारा पर्सामा कोरोनाको संक्रमण दर बढ्दै गएको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीश सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज इजलासका प्रशासन शाखा अधिकृत जयनारायण रायले सोमबार जारी गरेको सूचनामा केही न्यायाधीश सहित २३ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाए । संक्रमण पुष्टि हुनेहरुमा १ जना न्यायाधीश, १ जना रजिष्ट्रार, १ जना उप–रजिष्ट्रार ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बा, १ जना कम्प्यूटर अपरेटरसहित २३ जना कर्मचारी रहेका छन् । रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले न्यायाधीशसहित २३ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले अदालतले दिने सेवामा कटौती गरिएको बताए ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकको सेवा प्रवाह तत्कालको लागि स्थगित गरिएको उनले बताए । यसैबीच जिल्ला प्रशासन कार्यालय पर्सामा चार जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज रक्सौल सीमामा रहेको हेल्थ डेस्क प्रमुख डा. अनिशा महतोका अनुसार डेस्कका स्वास्थ्यकर्मीले आइतबार जिल्ला प्रशासन कार्यालयका ३० कर्मचारीको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

https://www.youtube.com/watch?v=qffJ0oYAsx0

Comment


Related News

Latest News

Trending News