२०७८ माघ ५, बुधबार ०६:१६

जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छली नेपालबाट भारत तर्फ ल्याइएको करिब ७० हजार बराबरको सामानहरु नियन्त्रणमा लिएको छ ।

सोमबार राती जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको सादा पोशाकको प्रहरी टोलीले जनकपुरधाम उप–महानगरपालिका–७बाट किरानाको सामान तथा कपडाहरु नियन्त्रणमा लिएको हो । भारतबाट भन्सार छली ल्याइएको उनी सुईटर, टाउजर, सागर दुध, गुल, चकलेट, राजनिवास, कलो पलाष्टिक, स्टिलको भाँडा कुँडा, सुर्ती समेत गरी ६९ हजार २ सय बराबरको सामानहरु वेवारिसे अवस्थामा फेला पारिएको जिप्रका धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएका सामानहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा पठाइएको छ ।

Comment


Related News