कलैया । लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय नेताका नेता पूर्व मन्त्री जितेन्द्र सोनलले मधेशी जनताले आफ्नो ऐतिहासिक पहिचान प्राप्त गरेको बताएका छन् ।
बलिदानी दिवसमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति बारा कलैयाद्वारा आयोजित वर्तमान परिस्थितिमा लोसपा नेपालको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बुधबार मन्त्री सोनलले सो कुरा बताएका हुन् । मधेसी जनताको अधिकारकालागि शहादत प्राप्त गरेका शहीदको सपना साकार भएको उनले बताएका छन् । अहिले पनि मधेशको अधिकार नदिन नचाहेको बताउंदै उनले अधिकारका लागि सबै मधेश केन्द्रित दलहरु एक जुट भइ अगाडि बढनुपर्ने धारण ब्यतm गरे । कांग्रेस, एमाले र नेकपा, नेकपा एसका सांसदहरुको माया र स्नेहकै कारण मधेशका जनताहरुले न्याय पाई साेंचेका कुरा सार्थक भएको उनको कथन थियो । कार्यक्रममा पार्टीका उपनेता रानी शर्मा तिवारी, सचेतक परमेश्वर साह सांसदहरु अभिराम शर्मा, जैनुल राईन , बबिता देवी, प्रहाल्द गिरी केन्द्रीय सदस्यहरु डाक्टर कमरुल्लाह अंसारी, श्याम गुप्ता, जयप्रकाश साह लगायतकाले आ आफ्नो धारणा राखेका थिए ।

