सिरहा । जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशी दलहरु बीच एकताको अहिले पनि आवश्यकता रहेको बताएका छन् ।
उनले जसपावाट पूmटेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका महन्थ ठाकुर तिर इङ्गिग गर्दै सो कुरा बताएका हुन् । सिरहाको पतारिमा बलिदानी दिवसलाई सम्वोधन गर्दै अध्यक्ष यादवले लोसपा प्रतिगमनकारीको मतियार भएको र मधेशलाई कमजोर पारेको आरोप लगाएका थिए । मधेशी जनताको आकांक्षा अनुसार एकता भएको बताउँदै प्रतिगमनकारीको मतियार भएर पार्टीनै फुटाउने सम्मको निर्णय मधेशी जनताको भावना विपरीत रहेको उनले बताए । मुलुकको शासकीय स्वरुपमा परिवर्तनको आवश्यकता रहेको उनले औल्याएका थिए । उनले नेपालको शासकीय प्रणाली पूर्ण रुपले असफल भएको प्रणाली रहेको दावी गरे । संसदको सर्वोच्चता संसदीय व्यवस्थाको चरित्र हुने गरेको प्रसंग चर्चा गर्दै अध्यक्ष यादवले नेपाल जस्तो अल्पविकसित देशमा राजनीतिक स्थिरता सम्भव नरहेको दावी गरेका थिए । राजनीति स्थिरता कायम नहुञ्जले सम्म आर्थिक विकास पनि सम्भव नरहेको उनले बताए । मधेशीको छाती र टाउकोमा गोली चलाई ल्याइएको संविधानलेनै पनि दुई तिहाईको सरकार टिक्न नसकेको प्रसंग उल्लेख गर्दै अध्यक्ष यादवले जवसम्म संसद किनबेच बन्द हुँदैन तवसम्म राजनीतिक स्थिरता कायम नहुने र संसद किनबेच बन्द गर्नकालागि समानुपातिक निर्वाचन प्रणाली अपरिहार्य रहेको अध्यक्ष यादवको दावी थियो ।
उनले जनताद्वारा निर्वाचित सोझो कार्यकारिणी प्रमुख हुनुपर्ने जो राष्ट्रपति हुने र संसदको काम विधान बनाउने र कानुन बनाई राष्ट्रपति समक्ष प्रस्तुत गर्नुपर्ने अवधारणा ल्याउनुपर्ने बताए । उनले भने–‘अमेरिका, चिन, ब्राजित जस्ता विकसित देशमा समानुपातिक निर्वाचन प्रणाली छ र त्यो देश अन्य देशको तुलनामा बलियो छ ।’ कार्यक्रमलाई सम्वोधन गर्दै मधेश प्रदेशका कृषि मन्त्री बिजयकुमार यादवले मधेश प्रदेशमा कृषि क्षेत्रमा क्रान्ति आएको बताए । उनले भने प्रदेश सरकार गठन भएदेखि जनताकोलागि भएको काम र भएको विकासले विपक्षीहरु त्रसित भएको बताए । विपक्षीहरु आफ्नो एजेण्डा बिर्सेर बखेडा मात्रै गर्ने गरेको उनले दावी गरेका थिए । मन्त्री यादवले आगामी निर्वाचनमा जसपाको सरकार भए मुलुकको अन्य प्रदेशको तुलनामा बढी विकसित हुने विश्वास व्यक्त गरेका थिए ।

