अपडेट 
२०७८ माघ ७, शुक्रबार ०७:०७

वीरगञ्ज । वीरगञ्जमा रहेको हरिखेतान बहुमुखी क्याम्पस प्रशासन विरुद्ध नेपाल बिद्यार्थी संघ ठाकुर राम क्याम्पस इकाई समितिले आन्दोलनको घोषणा गरेको छ ।

क्याम्पस प्रशासनले मनोमानी तरिकाले शुल्क असुली गर्ने गरेको ,अध्ययन अध्यापनमा कमी कमजोरी गरेको लगायतका माग राख्दै नेविसंघले आन्दोलनको घोषणा गरेको जनाएको छ । विहीबार नेपाल पत्रकार महासघं पर्साको सभाहलमा पत्रकार समेलनको आयोजना गरी नेबि संघ ठकुर राम इकाई समितिका अध्यक्ष मनोज साहले ७ बुंदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेका छन् । उनले यस अघि तीन दिनको समय दिएको तर त्यो समय पूरा भएकोले आफूहरु आन्दोलनको घोषणा गरेको बताए । कार्यक्रम अनुसार शुक्रबार हरिखेतान क्याम्पसको मूल गेटमा १ घण्टा धर्ना दिने ,९ गते आइतबार सञ्चालक समितिका सदस्यहरुलाई ज्ञापन पत्र बुझाउने र छलफल गर्ने, १० गते पर्सा जिल्लाका पार्टी सभापतिहरुलाई ज्ञापन पत्र बुझाउने, ११ गते घण्टाघरमा हस्ताक्षर अभियान सञ्चालन गर्ने र १२ गते प्रधानमन्त्री, शिक्षा मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत दवावमुलक म्यासेज पठाउने र अन्तिममा शिक्षा मन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको ईकाई अध्यक्ष साहले जानकारी दिए ।

उक्त पत्रकार सम्मेलनमा ने.वि.संघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता,ताफा अन्सारी,सुधान्सु चौरसिया,राहुल चौरसिया सहितको सहभागिता रहेको थियो । क्याम्पसमा यथाशीघ्र सुधार नगरिए आन्दोलनलाई कडा बनाउंदै जाने चेतावनी समेत दिइएको छ ।

Comment


Related News

Latest News

Trending News