जनकपुरधाम । कविर सदविचार महामंण्ड नेपालका राष्ट्रिय अध्यक्ष प्रो. दुखीप्रसाद यादवले नेपाल भरिका कविर पन्थिहरुलाई संगठित, व्यवस्थित र मर्यादिन गर्ने उदेश्यका साथ कविर सदविचार महामण्डलको स्थापना भएको बताएका छन् ।
जनकपुरधाममा बुधबार सञ्चारकर्मीहरु संग कुराकानी गर्दै अध्यक्ष यादवले सो कुरा बताएका छन् । उनले कविर पन्थिहरुको उद्देश्यकै अनुसार पुस २९ र ३० गते धनुषाको मिथिला विहारी नगरपालिकाको कचुरीमा सम्मेलन सम्पन्न भएको अध्यक्ष यादवले जनाकारी दिए । उनले समाजमा फैलिएको विकृति, विसंगति जस्तै रुढीवाद, पाखण्डवाद, जातपात, छुवाछुत जस्ता विकृतिहरुलाई निर्मुल पार्न संस्था नेपालभरि ठाउँ ठाउँमा कविर सन्त सम्मेलनको आयोजना गर्दै आई रहेको पनि अध्यक्ष यादवले जानकारी दिएका थिए । सन्त कविरको विचार/सिद्धान्त अनुसार समाज र देशमा शान्ति स्थापना गर्ने उद्देश्यले सो संस्थाको स्थापना भएको र हामीहरु पनि सो अनुसारनै कार्य गरि रहेको उनले जानकारी दिए । उनले सत्य, अहिंसा र शान्ति स्थापना कवीरको सिद्धान्त रहेको र सो सिद्धान्त अनुसारनै हामीहरु अगाडि बढाई रहेको उनले जानकारी दिएका थिए ।

