२०७८ माघ ७, शुक्रबार ०७:१७

राजविराज । सप्तरीको छिन्नामस्ता गाउँपालिका–४ का समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवले आपत–विपत्तिमा परेकाहरुलाई निरन्तर सहयोग गरेरे पीडितहरुलाई हौसला थप्दै आएका छ्न । बुवा धर्मी प्रसाद यादव र आमा हल्फादेवी यादवका कान्छो सुपुत्र ५५ बर्षीय ईन्जिनियर यादवले आपत–विपत्तमा परेका पीडित परिवारलाई सहयोग गरी हौसला प्रदान गर्दै आएका हुन् ।

सरकारी जागिर छोडेर आमाबुवाको नाममा २०५७ सालमा धर्मीहल्फा महिला विकास क्लब स्थापना गरी अग्निपीडित, चिसो पीडित, हातिको आक्रमणमा परेका लगायतका समस्यामा परेकाहरुलाई ईन्जिनियर यादव राहत बोकेर पीडितको घरमै पुग्ने गरेका छन् । क्लबका अध्यक्ष समेत रहेका ईन्जिनियर यादवले पीडित परिवारलाई भेट्ने र चिन्ता नगर्न आग्रह गर्दै राहत बाँड्ने गरेका छ्न । समाजसेवी यादवले रुपनी गाउंपालिका–१ का अग्निपीडित दुइ परिवारलाई विहीबार राहत उपलब्ध गराएका छन् । उनले स्थानीय अग्निपीडित उमेश कुमार चौधरी र कपुरी यादवको परिवारलाई १ थान त्रिपाल, झुल १थान, तन्ना १ थान, साडि २ थान, धोती १ थान , भाँडा १थान , ग्लास १थान , थाल १थान, कन्ती १थान, पन्यु १ थानका दरले वितरण गरे । राहत दिने भन्दा लिने महान भएको बताउंदै समाजसेवी ईन्जिनियर यादवले राहत स्वीकार गरेकोमा खुशी व्यक्त गरे । राहत वितरण कार्यक्रममा जनप्रतिनिधि र संचारकर्मी तथा सुरक्षाकर्मीहरुलाई खादामाला लगाएर सम्मान गर्दै यादवले आ–आफ्नो क्षेत्रबाट पिडीतहरुलाई सहयोग गर्न आग्रह समेत गरे । कसैसंग काम लिनु छ भने सम्मान गरेर लिनुपर्छ, अग्निपीडित परिवारलाई राहत वितरण गर्दै ईन्जिनियर यादवले भने, ‘दुखको घडीमा पीडित परिवारलाई आ–आफ्नो तहबाट सहयोग गरांै ।’ समाजसेवी यादवले राहत वितरणको साथै जनजागरण समेत गराउने आफ्नो उदेश्य रहेको बताए ।

विपदको घटनामा न्यूनीकरण गर्ने तथा स्थानीय विकास र सामाजिक रुपान्तरणका लागि जनचेतना जगाउने प्रयास स्वरुप अगाडि बढेको चर्चा गर्दै समाजसेवी ईन्जिनियर यादवले विकास र समृद्धिको आधार शिक्षा भएकोले बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालय पठाउनु पर्नेमा जोड दिए । राहत वितरण कार्यक्रममा रुपनी गाउंपालिकाका अध्यक्ष हरेराम यादव, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवम् पत्रकार बृजमान तामाङ, के छ खबरका निखिल राउत, ईलाका प्रहरी कार्यालय रुपनीका ईन्चार्ज प्रहरी नायव निरीक्षक शोभित किशोर यादव लगायतका स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो । चौधरी र यादवको घरमा बुधबार दिउसो आगलागी हुँदा १० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको थियो । गाउंपालिकाले अग्निपीडित दुबै परिवारलाई तत्कालै सहयोग गरेका थिए । गाउंपालिका अध्यक्ष हरेराम यादव घटना स्थल पुगेर पीडितहरुसंग भेटघाट गर्दै सिरक १, त्रिपाल १, चामल २५ किलो सहित खाद्यान्न सामाग्री राहत स्वरुप वितरण गरेका थिए ।

Comment


Related News