अपडेट 
२०७८ माघ ७, शुक्रबार १३:२६

बिराटनगर । मुलुक संघियतामा गइसकेको अवस्थामा प्रदेश नं. १ विभिन्न विद्याको शिक्षामा अव्वल वन्दै गएको छ । यस प्रदेशमा व्यवस्थापन, मानविकी, कृर्षि, विज्ञान, ईञ्जिनियरिङ तथा चिकित्सा शास्त्रको बिभिन्न तहमा उच्च स्तरिय शिक्षाको अध्यापन भईरहेको छ ।

बिभिन्न शिक्षामध्ये ईञ्जिनियरिङ शिक्षामा पनि यो प्रदेशले छलाङ मारेको छ । त्रिभुव विश्वविद्यायल, पोखरा विश्वविद्यायल, पुर्वाञ्चल विश्वविद्यायलका आंगिक तथा निजि कलेजहरुले शिक्षा प्रदान गर्दै आएको छ । ईञ्जिनियरिङ शिक्षा प्रदान गर्र्दै आएका कलेजहरु मध्ये एक उत्कृष्ठ कलेज वन्दै गएको छ ईष्टन कलेज अफ ईञ्जिनियरिङ ।

सन २००० मा स्थापना भई शिक्षा दिंदै आएको यस इष्टर्न कलेज अफ इन्जिनियरिङ्गले पूर्वाञ्चल विश्व विद्यालयबाट मान्यता प्रप्त गरेको तथा आई एस ओ ९००१:२००० सर्टिफाइड पूर्वाञ्चलकै एक उतकृष्टि कलेजको रुपमा स्थापित रहेको संचालक प्रकाश मुन्दडाले बताए । बिराटनगर स्थित इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग अहिले पुर्वमा इन्जिनियरिंग अध्ययन गर्न चाहने बिद्यार्थीका लागि रोजाइमा पर्दै गएको छ । कलेजमा बीई सिभिल, बीई कम्पुटर र बीई इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशनको कोर्षको लागि नेपाल अधिराज्यबाट भर्ना हुने बिद्यार्थीको संख्या बढिरहेको कलेजले जनाएको छ ।

दक्ष तथा अनुभवि प्राध्यापक, आवश्यक ईञ्जिनियरिङ प्रयोगशाला, कुशल व्यवस्थापन, अध्ययान अध्यापन तथा अनुसन्धानको उत्कृष्ट वातावरण र अनुशासित विद्यार्थीहरु यस कलेजको गहना भएको प्रचार्य ई. अमित सुरानाले बताए । दुई दशक लामो अनुभव रहेको यस कलेजवाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारमा कुशल अभियन्ताको रुपमा कार्यरत रहेकाछन

Comment


Related News

Latest News

Trending News