अपडेट 
२०७८ माघ ७, शुक्रबार १६:१५

कोरोना संक्रमण बढ्दै गएपछि धनुषामा मास्क नलगाउनेमाथि कडाइ गरिने भएको छ ।

प्रशासनले आइतबारदेखि मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा मास्क लगाउनका लागि शुक्रबार र शनिबार दुई दिन जनचेतनामूलक कार्यक्रम गरिएको बताए । त्यसपछि पनि मास्क नलगाइएको पाइएमा सय रुपैयाँ जरिवाना असुल गरिने उनले बताए ।

आइतबारदेखि मास्क नलगाउनेसँग एक सय रुपैयाँ दरले जरिवाना असुली गरिने पौडेलले बताए ।

Comment


Related News

Latest News

Trending News