अपडेट 
२०७८ माघ ८, शनिबार ०७:४६

२०७८ साल माघ ३ गते प्रदेशसभाले दुई ऐतिहासिक निर्णय गर्यो । प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम । देर आए , दुरुस्त आए हिन्दीको चर्चित उखान हो । प्रदेशसभा सदस्यहरुलाई धन्यवाद । दुई नम्बरी टैग हट्यो । जनकपुरधाम स्थायी राजधानी हुने नहुने संशय समाप्त भयो । तर मधेस र जनकपुरले प्रदेशभरिमात्र होईन देशभरिनै एउटा तरंग उत्पन्न गरेको छ । ‘ जनकपुरलाई राजधानी किन घोषणा गरीस ’ भन्दै बिरगंजवासी मुख्यमन्त्री लालबाबू राउतको घरमा ढुंगा मुढा गरे । साढे पाँच हजार वर्ष पुरानो मिथिला सभ्यतालाई वेवास्ता गरी आठ जिल्लमा फैलिएको भूगोललाई मधेस किन घोषणा गरीस भन्दै प्राज्ञिक व्यक्तिहरु सवाल उठाई रहेका छन् । युवा अभियन्ता सुशील कर्ण,बिरेन्द्र कर्णले त मुख्यमन्त्रीसहित प्रदेश सांसदहरुको पुत्ला नै दहन गरे । बहुमतीय प्रणाली लोकतान्त्रिक पद्यतिको सुन्दर पक्ष भएपनि जनमतको नाममा स्वांठहरु समेत राजनीतिको उच्च पदमा पुगेको दृष्टान्त हाम्रो सामु छ । लोकतन्त्र,गणतन्त्र तथा संघीय व्यवस्थाका लागी ज्यानको आहूतिदिनेहरु पाखा लगाइएको तथा पैसावाल तथा बहुसंख्यक जातिका व्यक्तिहरु चुनाव जितेको हामीले देखैका हौं । अझैपनि हामी सचेत छैनौं । जसको परिणाम हो पैसावाल र बहुसंख्यक जातिका अगुवाहरु चुनाव जित्दैछन् । हामी एक दिन भोंट हाल्छौं अनि पाँच वर्षसम्म टाउको समाई पछुतो गरि बस्छौं । प्रदेशसभामा पनि यस्तै भयो ।

आफ्नो दलको नामबाट मधेस झिकेपति जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको स्पष्ट अडान थियो – प्रदेशको नाम मधेस प्रदेश । हो , स्थायी राजधानीको विषयमा भने यी दलमा शंसय भने जरुर थियो । अन्य दलहरु मिथिला भोजपुरा , जानकी र मध्यमधेस नाम प्रस्ताव गरेका थिए । तर रातारात सेटिंग भयो । मधेस प्रदेश नामाकरण भयो । ९९मध्ये ८० मत प्राप्त गरेर । अर्को तर्फ ९९ मध्ये ७८ मत प्राप्त गरेर जनकपुरधाम स्थानीय राजधानी बन्यो । दुई जना कस्ले जनकपुरको पक्षमा भोंट दिएन यसको खोजी निती अर्को पटक गरौला । राजनीतिक तथा भौगोलिकरुपले मिथिलाको स्वन्त्र स्तित्व छैन । यो सम्यता हो र आमजनको मनमुटुभित्र बसेको छ । नेपाल र भारत दुबैको भूगोलमा समाहित मिथिला बेला कुबेला राजनीतिक विषय भने बन्ने गरेको छ । लाभ प्राप्त गर्ने अवसरभने प्रदान गर्ने गरेको छ । मैथिलीको नाममा दुबै देशमा सम्मान र पुरस्कारको भरमार छ । पद पनि छन् । जसको प्राप्तिको लागी तछाड मछाड हुने नै भए । पद , प्रतिष्ठा प्राप्त गर्न सम्बन्धित नेताहरुको गणेश परिक्रमा गर्नेहरु राजनीतिक आस्था भन्दा माथिका महामानवहरु हुन । उनिहरुलाई मिथिला र मैथिली आन्दोलनसंग केही लेना देना छैन । आफत विपदको वेला चुप बस्ने अनि अवसर लिने वेला सुतार्ने । यस सम्बन्धमा साहित्यकार प्रेम विदेह ललनको यो पोष्ट औघी मन पर्यो

‘एक वर्षभीतर नेपालमे मैथिली आ मिथिलापर कतेको खतरा मडराएल अछि । मैथिली भाषाके कामकाजी भाषा बनएबाक भाषा आयोगक सुझावके प्रदेश दू सरकारद्वारा अटेरी कएनाइ , प्रदेश सरकारक मन्त्रीक मैथिली भाषाविरुद्ध वक्तव्य देनाइ , राष्ट्रिय जनगणनामे मैथिली मातृभाषीक संख्या घटएबाक व्यापक षड् यन्त्र भेनाइ आ भौगोलिक , ऐतिहासिक, सांस्कृतिक रुपेँ प्रमाणित आठ जिल्लाक मिथिलाके हालहि मधेश प्रदेश घोषित कएनाइ – सन– सन वज्रपात भेलाक वावजूद मैथिली सम्बद्ध निकायसभ – राजविराज, सिरहा, मटिहानी (जलेश्वरलग) कलेजक मैथिली विभाग, जनकपुरधामक हजारी विद्यापिठ आ रा.रा.ब. कैम्पसक केन्द्रीय मैथिली विभाग एवम् विद्यापति पुरस्कार कोष चुप्पी सधने रहल अछि । अहि विभाग/निकायसभक विभागाध्यक्ष/प्रमुखसभके मात्र तलब– भत्ता खाएसँ मतलब रहल अछि जे बिडम्बना अछि ! अहुसँ बेसी आश्चर्यजनक गप ई अछि जे विख्यात मैथिली लेखक, साहित्यकार, विद्वानलोकनि जेसभ लाखोलाखक पुरस्कार , सयो सम्मान आ पैघ– पैघ पद हासील क’ चुकल छथि , एको बेर लिखित वा मौखिक अभिव्यक्तितक जारी नइँ कएलनि अछि ! अहिसँ पैघ दुर्भाग्य मिथिलाक लेल की भ’ सकैछ ?’

मधेस प्रदेश नामाकरण भएको अर्को दिन रौतहटमा एउटा घटना घट्यो । संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव एउटा कार्यक्रमलाई संवोधन गर्न जानु भएको रैछ । त्यहाँ डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले अवरोध गर्यो । मन्त्री यादवको अभिव्यक्ति तर्फ ध्यानाकर्षण गरौं भने – ज्यान मार्ने प्रयास गर्यो । प्रतिउत्तरमा मन्त्री यादवपनि राईस मिलको घटना दोहरिन सक्ने चेतावनी दिए । मन्त्रीजी यतिमै रोकिनु भएन उनले दूध र तरकारी खाने बिचको फरक पनि छुट्याउन भ्याउनु भयो । मन्त्रीजीले भन्नु खोज्नु भएको दूध र तरकारी बिचको फरक आम नागरिकले पनि बुझेका छन् । जिउमा लागेको फोहर सफा गर्न सफा पानी चाहिन्छ । फोहर पानीले सकिन्न । मधेस नाकरणले जनमानसलाई दुई कित्तामा विभाजित गरेको छ । पक्षमा रहेकाहरु जयकारा गर्दै छन् । विपक्षमा रहेकाहरु विरोध गर्दैछन् तर वास्तविकता के पनि हो भने – लोकतन्त्रमा बहुमतलाई स्वीकार गर्नै पर्दछ । बहुमतको निर्णयलाई शिरोधार्य गर्नै पर्दछ । बहुमतको निर्णयलाई बहुमतबाटै सच्चाउन सकिन्छ ।

Comment


Related News

Latest News

Trending News