अपडेट 
२०७८ माघ ८, शनिबार ०८:१३

जनकपुरधाम । भौतिक पूर्वाधारको अवस्था दयनीय रहेको जनकपुरधाम उपमहानगरपालिका–२४ श्री राष्ट्रिय मावि रुपैठा बेल्हीमा थप ४ वटा भवन निर्माण गरिएको छ ।

भवनको अभावमा खुल्ला अकाश मुनि अध्ययन गर्न बाध्य रहेका छात्रछात्राहरुको समस्यालाई मध्य नगर गर्दै जनकपुरधाम उप–महागरपालिकाले उक्त विद्यालयमा २/२ कोठा भएको ४ वटा ब्लक भवन निर्माण गरेको छ । उपमहानगरपालिकाको ६६ लाखको लगानीमा निर्मित उक्त भवनको शुक्रबार मेयर लालकिशोर साहले एक कार्यक्रम बीच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले भने,‘ शिक्षा नै ज्ञानको ज्योति प्रकाश छर्ने माध्यम रहेकोले मेरो प्राथमिक विद्यालयहरुको भौतिक पूर्वाधार र गुणस्तरीय रहेको छ ।’विगतमा खुल्ला अकाशमुनि अध्यन अध्यापन गर्न बाध्य रह्ने विद्यार्थी, शिक्षकलाई अब विद्यालयमा भवनहरु थपिएपछि खुशी र उत्साहित भएको बताउंदै मेयर साहले उपमहानगरपालिकाले नगर भित्र रहेका विभिन्न विद्यालयहरुको क्रमशः सुधारको काम गर्दै आएको बताए । नगरभित्र रहेका सामुदायिक विद्यालयहरुलाई निजी भन्दा पनि भौतिक पुर्वाधारमा सम्पन्न र गुणस्तीय शिक्षा दिन सक्ने वातावरण बनाउने अभियानमा आफू लागेको मेयर साहले बताए । नगरभित्रमा रहेका अधिकांशमा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार देखि शिक्षामा सुधार गरेको मेयर साहले बताए ।

विद्यालयमा थप भवन निर्माण गएपनि विद्यार्थी, शिक्षक तथा स्थानीयहरु हर्षित समेत भएका छन् । चार वर्ष अघि सम्म २ सय ५० जना मात्र छात्रछात्रा अध्ययन गर्ने उक्त विद्यालयको भौतिक पुर्वाधार तथा अध्ययन अध्यापनमा सुधार भएपछि विद्यार्थीको संख्यामा पनि ह्वातै बढेको छ । विद्यालयका प्रधानध्यापकका अनुसार अहिले उक्त विद्यालयमा अहिले १ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

Comment


Related News

Latest News

Trending News