२०७८ माघ ९, आईतवार ०७:५२
जनता समाजवादी पार्टीका कार्यकारणी सदस्य एवं नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रेणु कुमारी यादवको अभिव्यक्तिलाइ लिएर चौतर्फी रुपमा आलोचना तथा विरोध प्रदर्शन भइरहेको छ ।
बलिदानी दिवसको अवसरमा गौर स्थित व्यब्रेक मैदानमा समाजवादी युवा संघले आयोजना गरेको कार्यक्रममा सम्वोधनको क्रममा मन्त्री यादवले दिएको जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत प्रतिको अभिव्यक्ति अमर्यादित र हिँसा भड्काउने रहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । उनको अभिव्यक्तिको विरोध गर्दै जनमतका कार्यकर्ताहरुले शनिबार मन्त्री यादवको पुतला दहन गरेको छ ।गौरको मधेशी क्रान्ति चोकमा मन्त्री यादवको पुतला दहन गरेको हो ।

