जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–१ को वडाकार्यालयको उद्घाटन गरिएको छ ।
शनिबार एक कार्यक्रम बीच सो कार्यालयको उद्घाटन मेयर राम ज्ञान मण्डलले गरेका छन् । वडा १ का वडाध्यक्ष कामेश्वर कापडिको अध्यक्षतामा भएको सो कार्यक्रममा मेयर मण्डलले संघीयताको मुल मर्मका साथ वडावासीले वडास्तरमै सबै सेवा सुविधा पाउनकालागि वडा कार्यालय भएको तर, प्रभावकारी रुपमा सेवा पाउन नसकेका कारण आफ्नै भवन निर्माण गरिएको बताएका थिए । उनले वडा कार्यालयवाट वडाको काम, स्वास्थ्यको अवस्था र शिक्षाको अवस्थालाई थप प्रभावकारी बनाउन अव सहज हुने उनले विश्वास व्यक्त गरेका थिए । आपूmहरु दैनिक रुपमा सेवा प्रवाहलाई निरन्तरता दिई थप प्रभावकारी रुपमा कार्यान्वयनकालागि तत्पर रहेको बताएका थिए । उनले भने–‘ आपूmले जनता संग गरेको वाचा पूरा गरेर देखाएको छुँ ।’ उनले आफ्नो नगरपालिकाको वडा ४ मा मात्रै वडा कार्यालयको भवन नरहेको जसले आपूm चिन्तित रहेको बताएका थिए । उनले पटक पटक नगरपालिकाबाट बजेट बिनियोजन गरियो तर, वडाध्यक्षले चासो नलिई जग्गा उपलव्ध नगराएका कारण वडा ४ अहिले पनि आफ्नो भवनमा जान नसकेको उनले गुनासो गरेका थिए । सो कार्यक्रममा वडा ५ का वडाध्यक्ष शिवशंकर साह, वडा ७ का वडाध्यक्ष रामसेवक मण्डल, वडा ८ का वडाध्यक्ष जिवछ मण्डल , वडा ९ का वडाध्यक्ष नरेशकुमार मण्डल, मेयरका प्रत्यासीद्वय शुशिलकुमार साह र सुनिलकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

