जनकपुरधाम । नेकपा एमालेका भातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले भौतिक पूर्वाधार तथा यतायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्नु पर्ने माग गर्दै जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरेको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न संघीय सरकारले ढिलाई गरेको र पदमा आसीन रहेको मन्त्रीले मर्यादा विपरीत हिंसात्मक अभिव्यक्ति दिएकोले मन्त्री यादवलाई बर्खास्त गर्नु पर्ने माग गर्दे प्रधानमन्त्री देउवा एवम् मन्त्री यादवको पुतला दहल गरिएको हो । संघका युवाहरुले स्थानीय रेल्वे स्टेशनबाट निकालेको दवावमूलक ¥याली भानु चोक, शिव चोक हँुदै जनक चोकमा कोण पुगेर सभामा परिणत भएको थियो । जनकचोकमै पुतला दहन गरिएको थियो । ¥यालीमा सहभागी युवाहरूले सरकार विरुद्ध चर्काे नाराबाजी समेत गरेका थिए । कानूनलाई हातमा लिएर आफ्नो पदीय मर्यादा बिर्सिदंै हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त नगरी लोकतन्त्रको धज्जी उडाएको आरोप समेत कोणसभाका वक्ताहरुले लगाएका थिए ।

