२०७८ माघ १०, सोमबार ०७:३९

राजविराज । मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले मधेश प्रदेश मात्र पहिचानमा आधारित प्रदेश रहेको बताएका छन् ।

आइतबार सप्तरीको रुपनी गाउंपालिका–१पंडित रामकुमार शास्त्री गौ सेवा आश्रमको उद्घाटन गर्दे उनले मधेश प्रदेश अन्य प्रदेशकालागि पनि अनुकरणीय रह्ने उल्लेख गरे । मुलुकमा पहिचान र स्वाभिमानको माग तीव्र रुपले बढेको बताउँदै उनले ८ जिल्ला समेटेर बनेको मधेश प्रदेशको निर्माण एक प्रदेशसभाको उदाहरणीय कार्य रहेको प्रष्ट पारे । “अहिलेसम्म ८ जिल्ला मात्र समावेश गरिएका छन्, उनले भने “बाँकी जिल्लालाई पनि मधेश प्रदेशमा ल्याउने अभियान जारी रहने छ ।” आफूहरुको संघर्ष अहिले समाप्त नभएको भन्दै उनले प्रदेशको सीमांकनको सवालमा पार्टीले आगामी दिनमा पनि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशको विकासका लागि गौरवका आयोजनाहरु मधेश प्रदेशको प्राथमिकतामा रहने बताउंदै उनले कृषि क्षेत्रको उत्थानकालागि प्राथमिकताका साथ काम हुने उल्लेख गरे । पण्डित रामकुमार शास्त्रीद्वारा स्थापित गौशाला संचालनका लागि प्रदेश सरकारले २९ लाख ५० हजार उपलब्ध गराएपछि थप ६ लाख शास्त्री स्वयम्ले व्यवस्था गरी संचालनमा ल्याएका हुन् । हाल ५१ वटा गाई रहेको गौशालाको संचालनका लागि आयआर्जन सम्बन्धी कार्यक्रम समेत ल्याएर गौं संरक्षण गर्न मन्त्री साहले सुझाव दिए । गौशाला संचालक पण्डित शास्त्रीले गौंशालासँगै जैविक मल उत्पादनको कामलाई अघि बढाइएको जानकारी दिँदै उक्त मल स्थानीयस्तरमै खपत हुने र आगामी बैशाख महिनादेखि उत्पादन सुरु गर्ने हिसाबले काम अघि बढिसकेको जानकारी दिए । कार्यक्रममा पूर्व जनस्वास्थ्य निरीक्षक भागवत यादवले गौं संरक्षणका लागि आफूले प्रत्येक दिन एक रुँपैयाका दरले वार्षिक ३ सय ६५ रुँपैया आजीवन सहयोग गर्ने घोषणा गरेका छन् ।

गौशाला आश्रम निर्माण समितिका संयोजक समेत रहेका पण्डित शास्त्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा रुपनी गाउंपालिका अध्यक्ष हरेराम यादव, मधेश प्रदेश आमसंचार प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस काउन्सिलका पूर्व सदस्य मुरली प्रसाद यादव, पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोजकुमार माझी, समाजसेवी हरेकृष्ण प्रसाद सिंह, पूर्व जनस्वास्थ्य निरिक्षक भागवत प्रसाद यादवले आ–आफ् नो धारणा राखेका थिए ।

Comment


Related News