भारतीय स्वतन्त्रताको आन्दोलनलाई उत्कर्षमा पु¥याएका नेता सुभाष चन्द्रबोसको योगदान वैश्विक प्रजातान्त्रिक समाजमा अविष्मरणीय रहेको धारणा एक कार्यक्रमका वक्ताहरुले राखेका छन् ।
नेताजी सुभाषचन्द्र बोसको १सय २५औं जन्मजयंतीको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन । यहाँ आयोजित उक्त कार्यक्रमका वक्ताहरुले भारतीय स्वतन्त्रतामा सुरु गरेका नेताजीको अवधारणा प्रजातन्त्रवादीहरुको लागि एउटा सफल उदारण रहेको बताएका थिए । नेताजी सुभाषचन्द्र बोस इंटरनेशनल फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा भारतको स्वतंत्रतामा बोसको योगदानको बिषयमा वक्ताहरुले प्रकाश पारेका थिए । कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेताजी बोसको जीवनबाट प्रेरणा प्राप्त गरी आज नेपालीहरुको गौरवको रूपमा रहेको सगरमाथालाई चिनियाँ अतिक्रमणबाट मुक्त गराउनु पर्ने आवश्यकता रहेको बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि भारतीय जनता पार्टी बिहार प्रान्तका मन्त्री भानु प्रकाश रायले भारतको इतिहासमा नेताजी सुभाषचन्द्रजीको जुन स्थान हुनुपर्ने त्यों स्थान नदिएको प्रति असन्तुष्टि व्यक्त गरे । नेताजी सुभाषचन्द्र बोस इंटरनेशनल फाउण्डेशनका निर्देशक डा‘ निरंजनले नेताजी बोसको जीवनीमाथि प्रकाश पार्दै भारतमा आउने युवा पीढ़ीले भारतलाई स्वतन्त्रता प्रदान गराउने असली वीर पराक्रमी नेताजी बोसलाई उचित स्थान दिलाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघ मोरंगका महामन्त्री अनिल कुमार साह, समाजसेवी डा.‘ एस एन झा लगायतले आफ्नो मन्तव्य राखेका थिए भने नेताजी बोसको तस्वीर अगाडि पुष्प अर्पण एवं दीप प्रज्वलन गरी कार्यक्रमको संचालन गरिएको थियो ।

